बुटवलमा एमालेको वृहत् कार्यकर्ता भेला, एमाले विना देश वन्दैन ः ओली 

राजनीति भाद्र ३० 2078 ekhabarnepal
Uml butwal bhela

बुटवल, भदौ ३०

नेकपा एमाले रुपन्देहीको आयोजनामा बुधवार बुटवलमा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका प्रभावशाली नेताको सहभागितामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 

पार्टी विभाजनपछि पहिलोपटक आयोजित कार्यकर्ता भेलामा कार्यकर्ताको उत्साहजनक उपस्थिति थियो । 

अध्यक्ष ओलीसहित पार्टी उपमहासचिवद्वय विष्णु प्रसाद पौडेल र घनश्याम भुसालको सहभागिता रहेको भेलाले एमाले कमजोर नभएको देखाउँथ्यो । 

नेपाल कामरेड हुनै सक्दैनन् ः केपी ओली
 पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीले पछिल्ला केही वर्षदेखिको अवस्थालाई हेर्दा मुलुकमा अरु पार्टीहरु असफल भइसकेकाले कम्युनिष्ट नेतृत्वबिना समृद्ध नेपालको सम्भव नरहेको बताए । उनले सार्वभौमसत्ता,  भौगोलिक अखण्डता, कुनै पनि देशसँग बराबरी हैसियत राख्ने जस्ता विषयमा कम्युनिष्टले मात्रै नेतृत्व गर्न सक्ने दावी गरे । उनले भने, हामी देश र जनताको हितमा उभिने पार्टी हौं । स्वार्थको हितमा उभिने पार्टी होइनौं । हामी त्यस्ता बिराला होइनौं, जहाँ खान पाइन्छ त्यहाँ जाने पनि होइनौं । 

एमालेमा जस्तो आन्तरिक जनवाद अरु पार्टीमा नरहेको दावी गर्दै ओलीले यसलाई टुक्रयाउन कसैले पनि नसक्ने उनको दावी छ । उनले भने, एमालेलाई छेक्छु, एमालेलाई रोक्छु, एमालेलाई तोड्छु भन्छ भने त्यो शक्ति आफै बिलाएर जान्छ ।

 ओलीले एमालेको सरकारले गरेको विकास देखेर अरु दल आत्तिएकाले ुप्रतिक्रियाबादीहरुले सरकार ढालेकोु आरोप लगाए । उनले विकास निर्माणका काममा गति लिएको सरकारका विरुद्ध संगठित भएर प्रतिपक्षले रोक्ने प्रयास गरेको बताए । 

उनले भने(,ूहामीले शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो । हाम्रो सरकार तिव्र विकासको गतिमा अगाडि बढेको थियो । तर, अहिले हेर्नुस त २ महिना भयो मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।’ 
 नेपालले पार्टीमाथि बञ्चरो प्रहार गरेर अपराधकर्म गरेको आरोप लगाउँदै उनले नेपाललाई कमरेड भन्न नसुहाउने बताए । ूप्रतिक्रियाबादीको सेवा गर्दै देउवा नेतृत्वको सरकार बनाउने माधव नेपाल कामरेड हुनै सक्दैनन्,ू उनले भने । 
 उनले अन्तिममा कार्यकर्तालाई निराश नहुन भन्दै कोरोना महामारीबाट सचेतना अपनाउँदै बेसारपानी, तातोपानी र दूधमा बेसार राखेर खान समेत सुझाव दिए । 

पार्टीबाट केही स्वार्थी तत्व बाहिरिएका छन् ः विष्णु पौडेल 


 नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले  एमाले पार्टी विभाजन नभएको बताए  ।  कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीबाट ुकेही स्वार्थी तत्वुहरु बाहिरिएका मात्र  हुन् । 

पूर्व उपप्रधानमन्त्री  पौडेलले भने(ूएमाले विभाजन गर्न अध्यादेश ल्याइएको छ। तर त्यसले एमाले विभाजन भएको छैन। पार्टीबाट केही स्वार्थी तत्वहरु बाहिरिएका मात्र हुन्।’

उनले पार्टीभित्र देखिएको अन्तरविरोधलाई बैचारिक लडाइँ नभई स्वार्थको लडाइँमात्र रहेको दावी गरेका छन् । उनले भने(ूयो कुनै सिद्धान्त केन्द्रित लडाइँ थिएन । स्वार्थ केन्द्रित लडाइँ थियो । नेकपा एमाले कब्जा गर्ने र नसके स्वार्थी तत्वलाई अलग्याएर पार्टी कमजोर बनाउने कोसिस भएको हो ।ू

उनले माधव नेपालको निजी स्वार्थ कै कारणले पार्टी एकताविरुद्ध लागेको आरोप लगाए। प्रचण्डको आडमा केही व्यक्तिलाई लिएर पार्टी कब्जा गर्नेसम्मको खेल गरेको दाबी गरे। 
नेता पौडेलले ओली नेतृत्वको सरकारले ल्याएको बजेट सरकारले प्रतिस्थापन गरे पनि पास हुन नसक्ने दावी गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दोहोरो चरित्र देखाएका कारण संसद चल्न नसकेको आरोप लगाए । 

एमाले अझै पनि ठूलो शक्ति छ ः घनश्याम भूसाल


 नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले आगामी चुनाबपछि पार्टीले आफ्नो बर्चश्व फर्काउने बताए । पार्टी विभाजन भएपनि ठूलो शक्तिका रुपमा अझै एमाले रहेको दावी गर्दै उनले आगामी चुनाबपछि पनि एमाले ठूलो शक्ति रहने बताए । 

नेकपा एमालेले बुटवलमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भूसालले भने, नेकपा एमाले यत्रो ठूलो शक्तिले लोकतान्त्रिक अभ्यासमा कटिबद्ध भयौं भने २०७४ सालको बर्चश्व फर्काउँछौं, फर्काउँछौं, फर्काउँछौं। 

नेकपा एमाले समाजिक सांस्कृतिक  रुपले समाजमा जरा गाढेको पार्टीको भूमिका अर्को कुनै पार्टीले पनि  पुरा गर्न नसक्ने उनको दावी छ । भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’ 

एमाले ठूलो चोटीबाट पछरिएको भएपनि आत्तिन भने नहुने उनले बताए । ‍उनले भने(ूकमरेड साथीहरु हामी यो बीचमा भाँडिएका हौं । यतिखेर घाइते भएका छौं । अव सोच्नु पर्छ मबाट के गल्ति भएको थियो भनेर ।

एमाले फेरि सरकारमा आउन जरुरी छ ः टोपबहादुर रायमाझी


 नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा एमाले फेरि पार्टीमा आउन जरुरी रहेको बताएका छन् । बुटवलमा एमालेले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेता रायमाझीले आफूहरु फेरि एक पटक ुटेस्टु हुन आवश्यक रहेको बताए । 
ूलोकतान्त्रिक चुनाबको माध्यमबाट असफल पार्टी र नेतालाई ध्वस्त बनाउनु पर्छ । हामीहरु पुनः सत्तामा आउन जरुरी छ । हामी पुःन टेस्ट हुन आवश्यक छ,  उनले भने । 
उनले गठबन्धले सफलरुपमा चलिरहेको सरकारलाई असफल बनाउने चेष्ठा गरेको आरोप लगाउँदै त्यसलाई असफल गराउनु पर्ने बताए । उनले भने, ूविगतमा देशको नेतृत्व गरिसकेका र पार्टीको नेतृत्व गरिसकेका असिफल नेताहरुको महागठबन्धन गरेर सफल नेता र सफल पार्टीलाई सम्पूर्ण विदेशी शक्ति लागेर जुन चेष्ठा गरेका छन् त्यसलाई असफल पार्नुपर्छ । 

उनले पार्टी विभाजनपछि देखिएका परिदृश्यमा नअल्झन पनि कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आफू माओवादीबाट एमालेमा जोडिएको उदाहरण दिंदै नेकपा एमालेको नेतृत्वमा देशको समृद्धितर्फ अघि बढ्न आग्रह गरे । उनले भने(ूम एउटा माओवादी पृष्ठभूमीबाट यो प्रकृयामा जोडिएको व्यक्ति हुँ । हामी नेकपा एमाले र केपी शर्मा ओलीको नेतृत्वले अब देशलाई समृद्धि गर्छ र लक्ष्य प्राप्ति गर्छ भनेर जोडिएका छौं । साथीहरु अझ परपर जानु भाछ के सोचेर जानुभा छ ? 
 

प्राप्त प्रतिकृयाहरू

To Top