बुटवल, असौज ३
खाद्यका लागि कृषि अभियानले एक विज्ञप्ति निकाली जैविक कृषि उत्पादनका लागि सरकारको ध्यानाकर्षण गरेको छ ।
सातौ संविधान दिवसको अवसरमा सरकार र सरोकारवालालाइ मलको दीर्घकालिन समाधान खोज्न, रसायन र विषादीको दुष्परिणाम घटाउदै जान, माटोमा भएको जैविक तत्व र पोषण बढाउने तर्फ ख्याल गर्न आग्रह गर्दै यो सवाललाई उठाएर दवाब दिन आम जनसमुदायलाई ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा भनिएको छ, आम किसानको खेतीपातीलाई नभै नहुने मल समेतको उचित बन्दोबस्त छैन । उहिले देखि अहिलेसम्मका सरकारहरुले घातक भए पनि न रासायनिक मलको बन्दोबस्त गर्न सके न त्यसको विकल्प खोज्नतिर लागे ?
किसान अहिले यताका न उताका भएका छन् भन्दै जैविक प्रकृयाको सङ्क्रमणकालीन बन्दोबस्त गर्न आवश्यक रहेको कुराप्रति जिम्मेवारी पूरा गर्न आफूहरु तयार रहेको वताइएको छ ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्यव अधिकारीले प्रकाशित गर्नुभएको विज्ञप्तिमा अव जैविक दिशामा जानुको विकल्प छैन, यही मात्र दीर्घकालीन समाधान हो भन्ने कुरामा जोड दिदै आम जनसमु्दायको तत्काल खानेकुराको बन्दोबस्त गर्ने र घरव्यवहारमा समेत अकल्पनीय प्रभाव पार्ने किसानका लागि समयमै मल नपाउने कुरा कुनै बहानामा क्षम्य नहुने भएकोले जिम्मेबार संस्था व्यक्तिले समयमै चासो नदिनु सरकारको निकम्मापन र अक्षमताको परकाष्ठा हो भनिएको छ ।
सविधानको धारा ५१को (ङ) ले ब्यवस्था गरे अनुसार किसानका अधिकारको व्यवस्थालाई लागु गर्न बनेको भू उपयोग ऐन र खाद्य आधिकार तथा संप्रभुता ऐन बनेको भएता पनि यसको कार्यान्वयन नहुनुले सविधानकै उपहास भएको निष्कर्ष निकालिएको छ ।
प्राप्त प्रतिकृयाहरू