बुटवल लगाानीका लागि उत्कृष्ट,जीआईजेडले गर्यो घोषणा 

समाज असोज १८ 2078 ekhabarnepal
1

 बुटवल,असोज १८  । जर्मन सहयोग नियोग (जीआईजेड)ले बुटवल उपमहानगरपालिकालाई  लगाानीको वातावरण उत्कृष्ट रहेको भन्दै अवार्ड प्रदान गरेको छ । मुलुकका ११ वटा नगरको सर्वेक्षणमा लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर गरिएको सर्वेक्षणमा बुटवल उत्कृष्ट भएको हो  । विषयगत विज्ञहरुमार्फत यससम्वन्धी सर्वेक्षण गरिएको थियो ।

जीआईजेडकी नेशनल टिम लिडर दीप्ति खकुरेलले स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यामीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ गरिएको मूल्यांकनका आधारमा बुटवल मुलुकमै पहिलो भएको बताइन् ।


बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई जीआईजेडका नेशनल टिम लिडर दीप्ति खकुरेलसहितको टोलीले प्रमाणपत्र र अवार्ड प्रदान गरेको थियो ।

स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणका बारेमा विज्ञहरुले सर्वेक्षण गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top