सवारी दुर्घटनामा माओवादी नेता टंकमणिको मृत्यु

समाज मंसिर ८ 2078 ekhabarnepal
Ram pd banjade

बुटवल, मंसिर ८ 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
दाङबाट बुटवल फर्कंदै गर्दा गएराती साँढे ९ बजेतिर  पूर्वबाट पश्चिम आउदै गरेको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिई घाइते बनाएको थियो । बुटवलस्थित जितगढीमा वस्दै आएका वन्जाडे जितगढीमै दुर्घटनामा परेका थिए ।  
घाइते भएपछि बुटवल स्थित लुम्बिनी सिटिमा उपचारका क्रममा बुधबार विहान ६ बजे मृत्यु भएको छ  । 

शहीद स्मृती प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज थिए।
५५ बर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गर्ने भएको छ । 
अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडे हाल बुटवल जीतगढीमा बस्दै आएका थिए । उनको श्रीमती, १ छोरा र १ छोरी छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top