देव शक्ति अभियानस् १० जना भारतीय नागरिक र ९४ जना अफगानी नागरिक दिल्ली ल्याइयो, काबुलमा स्वास्थ्य सामग्री आपूर्ति

विश्व मंसिर २७ 2078 ekhabarnepal
20211211 wsfl20211211081as

अफगानिस्तानबाट अहिले ६ सय ६९ जना नागरिक बाहिर निकालिएको छ

देव शक्ति अभियान अन्तर्गत विशेष हेलिकप्टर चार्टर गरी १० जना भारतीय नागरिक र ९४ जना अफगानी नागरिकलाई दिल्ली ल्याइएको छ।

अफगान हिन्दूरसिख अल्पसंख्यक समुदायका सदस्यहरू समावेश भएको उक्त समूह शुक्रबार नयाँ दिल्लीको आईजिआई विमानस्थल आइपुगेको थियो। सो समूहमा तीन शिशुसहित नौ जना बालबालिका थिए।

अल्पसंख्यक समुदायका सदस्यहरूले आफूसँगै गुरु ग्रन्थ साहिबका २ वटा स्वरूप र केही प्राचीन हिन्दू पाण्डुलिपिहरू पनि ल्याएका थिए।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अनुसार शनिबार स्वास्थ्य सामग्री सहित मानवीय सहायता अफगानिस्तान पठाइएको छ।

देवी शक्ति अभियान अन्तर्गत अफगानिस्तानबाट अहिले कुल ६ सय ६९ जनालाई बाहिर निकालिएको छ।

यसमा ४ सय ४८ जना भारतीय नागरिक र २ सय ६ जना अफगानी नागरिक छन्। जसमा अफगान हिन्दूरसिख अल्पसंख्यक समुदायका सदस्यहरू समावेश छन्।

विदेश मन्त्रालयका अनुसार अगस्ट महिनाको शुरुमा ४ सय ३८ जना भारतीय सहित ५ सय ६५ जनालाई बाहिर निकालिएको थियो।

ूअफगानिस्तान उपस्थित चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै, भारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्ति सहित मानवीय सहायता पठाएको छ।ू

यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिनेछ र काबुल स्थित इन्दिरा गान्धी बाल अस्पतालमा प्रदान गरिनेछ।

प्राप्त प्रतिकृयाहरू

To Top