भारतमा हालसम्म १ सय ३२ करोड भन्दा बढी ले खोप प्राप्त

विश्व मंसिर २७ 2078 ekhabarnepal
20211211 wsfl20211211094as


भारतमा १ सय ३२ करोड भन्दा बढी ले खोप प्राप्त गरिसकेका छन्।

कोविन तथ्यांक अनुसार दिउँसो २.३० बजेसम्म १ अरब ३२ करोड ५१ लाख १७ हजार १ सय ५१ जनाले खोप प्राप्त गरिसकेका छन्।

यसअघि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहान ७ बजेसम्म उपलब्ध तथ्यांक सार्वजनिक गरेको थियो।

ूविगत २४ घण्टामा ७६ लाख ३६ हजार ५ सय ६९ जनाले खोप प्राप्त गरेका छन्। यसका साथै भारतमा हालसम्म १ सय ३२ करोड भन्दा बढी ले खोप प्राप्त गरेका छन्। आज बिहान ७ बजे सम्मको अस्थायी प्रतिवेदन अनुसार यी सबै खोप १ करोड ३७ लाख ६५ हजार ८ सय ६८ सत्र मार्फत प्रदान गरिएको हो।ू

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ६५ जना बिरामी निको भएसँगै निको भएका बिरामीको सङ्ख्या ९महामारी सुरु भएदेखि० ३ करोड ४१ लाख १४ हजार ३ सय ३१ पुगेको छ ।

यस सन्दर्भमा मन्त्रालयले भनेको छ, ू परिणाम स्वरूप भारतको संक्रमण मुक्त दर ९८।३६५ पुगेको छ। यो दर सन् २०२० मार्च यताकै उच्च हो।ू

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९२ जना नँया संक्रमित विरामी थपिएका छन्। राज्य तथा केन्द्र शासित प्रदेश को संयुक्त प्रयास का कारण लगातार ४४ दिन यो संख्या १५ हजार भन्दा कम मा कायम रहँदै आएको छ।

भारतको सक्रिय संक्रमित संख्या हाल ९३ हजार २ सय ७७ पुगेको छ जुन ५ सय ५९ दिनमा देखिएको सबैभन्दा कम हो। यो संख्या देशको कुल सकरात्मक संख्याको ०।२७ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा कुल १२ लाख ५० हजार ६ सय ७२ जनाको परीक्षण भएको छ । भारतले अहिलेसम्म ६५ करोड ४६ लाख भन्दा बढी परीक्षण गरिएको छ।

त्यस्तै साप्ताहिक सकारात्मक दर १ प्रतिशत भन्दा कम रहेको छ जुन लगातार २७ दिन १ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मकता दर ०।६४ प्रतिशत पुगेको छ। लगातार ६८ दिन यो दर २ प्रतिशत भन्दा कम मा र लगातार १ सय ३ दिन ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top