प्रचण्डको बहुरुपी बचन बन्यो गलपासो, सत्ता घटक एमसीसीबारे अनिर्णयको वन्दी

राजनीति माघ २३ 2078 समाचार टिप्पणी
Deuba oli prachanda 1

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसीबारे गरिएको पत्राचारले उनको बहुरुपी स्वभाबलाई सार्वजनिक मात्र गरेको छैन यसले राष्ट्रिय रुपमा एक प्रकारले तरंग ल्याएको छ । यति ठूलो विषयमा नेपालले आफ्नो स्पष्ट धारणा सार्वजनिक नगरेर सरकारले आफुलाई सत्ता सञ्चालन गर्न अयोग्य रहेको संकेत पनि गरेको छ ।
नेपाली जनमतलाई आफ्नो पक्षमा पार्नका लागि विरोधका स्वर निकाल्ने र उता पास गर्ने विश्वास दिलाउँदै पत्राचार गर्ने प्रचण्ड प्रवृत्ति सार्वजनिक भएपछि फेरि कूटनीतिक पहल भनेर विषयलाई अन्यत्र मोड्न खोजिदैछ । नेपाली नेताहरुमा स्पष्ट रुपमा विचार राख्न सक्ने क्षमता छैन भन्ने कुरामा अब धेरै स्पष्ट पारिरहनु पर्दैन । 
ओली सरकारका समयमा कुनै पनि राष्ट्रिय विषयमा सरकारको अस्पष्टता थिएन । प्रतिपक्षले के भन्छ भनेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली कुरेर बस्ने अवस्था पनि थिएन । तर, यतिवेला प्रतिपक्षले के भन्छ र अनि बोलौंला भनेर सत्ता घटकहरु अनिर्णयको वन्दी बनिरहेका छन् । 
एमसीसी परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा माओवादी दृढ रहेको भनेर स्पष्टीकरण दिइरहँदा हिजो किन र कसरी प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले ५ महिना भित्र पारित गर्ने भनेर पत्र लेखेका थिए । यदि त्यसलाई कुटनीतिक पहल भनेर भन्ने हो भने के यसरी बाह्य जगतमा सरकारको विश्वास वढ्ला ?
‘देशमा एकातिर एमसीसी बारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म विरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसी बारे गठन गरेको कार्यदलले पनि यसलाई ‘परिमार्जन बिना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन,’ प्रचण्डको सचिवालयले आफ्नो धारणा यसरी सार्वजनिक गर्दैै भनेको छ । 
यसैवीच आजै बालुवाटारमा वसेको प्रमुख तीन नेताहरुबीचको बैठकमा  सत्तारुढ घघटकहरुको मत बाझिएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करिब दुई घण्टा छलफल भएको थियो । सो अबसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग सहयोग मागेका छन् भने प्रचण्डले प्रतिपक्षलाई संसद खोल्न र चुनावपछि मात्रै एमसीसीबारे विचार गर्ने कुरा राखे । 
तर एमाले महासचिव शंकर पोखरेलले भने पहिले सत्ता पक्षमा स्पष्ट निर्णय हुनुपर्ने विचार एमालेले राखेको वताएका छन् । एमसीसीबारे अध्यक्ष ओलीले बैठकमा राखेको भनाइबारे पोखरेलले भने, ‘सरकारले आफ्नो धारणा स्पष्ट बनाएपछि राष्ट्रिय मामिलामा कुनै पनि विषयमा अनिर्णित हुँदैनौं । सत्ता पक्ष पनि अनिर्णित भएर बस्नु हुँदैन भन्ने कुरा राखेका छौं ।’
एमाले संसद खोल्नका लागि सभामुखको कदम सच्चिनुपर्ने अडानमा छ । ‘हामी फेरि पनि आग्रह गर्न चाहान्छौं सभामुखबाट भएको कमजोरी सच्याउनुप¥यो,’ । महासचिवको भनाई छ– ‘१४ जना गैर सांसदलाई संसदमा राख्ने कुरा अविलम्ब रोक्नुपर्छ ।’
बैठकमा एमालेले भनेको छ– वैदेशिक सहयोग र परराष्ट्र मामिलाको विषयमा पहिले सत्ता गठबन्धनले साझा दृष्टिकोण बनाउनुपर्छ  । 
प्रधानमन्त्रीय पद्धतिमा पहिले सत्तापक्षले आफ्नो दृष्टिकोण राख्नु उपयुक्त हुने विचार एकमालेको रहेको छ । बैठकमा अध्यक्ष ओलीले अमेरिकासँग एकथरी कुरा र नेपाली जनतासँग अर्को कुरा किन गरेको भनेर प्रश्न गरेपछि देउवा र प्रचण्ड नाजवाफ वनेका थिए । 
 

प्राप्त प्रतिकृयाहरू

To Top