मुख्यमन्त्री कार्यालयअघि अखिल र प्रहरीबीच झडप, ५ विद्यार्थी नेता घाइते

राजनीति माघ २४ 2078 ekhabarnepal
Student jhadap 2

बुटवल, माघ २४ 
लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार प्रहरी र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबीच झडप भएको छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने मागसहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । 
झडपमा पाँच जना अनेरास्ववियुका नेता कार्यकर्ता घाइते भएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले जानकारी दिए । 

झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ । 

 विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने कार्यक्रममा प्रहरीले एक्कासी हस्तक्षप गर्दै लाठिचार्ज गरेको पाण्डेले जानकारी गराए ।
 विद्यार्थीहरुले सांकेतिक रुपमा बिरोध जनाउनका लागि बेलुन उडाउने समयमा मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै उपाध्यक्ष पाण्डेले घटनाको निन्दा गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top