शितगंगामा २ शयभन्दा वढीले एमाले प्रवेश गरे

राजनीति माघ २७ 2078 ekhabarnepal
Agh 2

शोभाखर पन्थि
अर्घाखाँची, माघ २६
 नेकपा एमालेले शितगंगा नगरपालिकाको एउटा वडाबाट २ सय १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा माओवादी केन्द्र ,नेपाली कांग्रेस र नेकपा समाजवादीका कार्यकर्ता छन् ।

नेकपा एमाले शितगंगा वडा नं. ८ द्वारा बुधवार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका डिलु बुढामगर,दुलजा मगर,माओवादी केन्द्रका भुपाल कुमाल, प्रेमबहादुर बुढामगर, लोकबहादुर बि।क, नेकपा समाजवादीका बावुराम भट्टराई ,टानबहादुर सुनार लगायत २ सयभन्दा बढी व्यक्ति एमाले प्रवेश गरेका हुन् ।


पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले नेकपा एमालेको बिजयी अभियानलाई कुनै तागतले रोक्न नसक्ने बताउनुभयो । उहाँले जनताको विश्वास र माया पाए सम्म देशभरका प्रतिक्रियावादी दलालहरु एकजुट भएर आए पनि नेकपा एमालेलाई हराउन नसक्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं लुम्विनी प्रदेशका इन्चार्ज छविलाल बिश्वकर्माले नेकपा एमाले बाट मात्रै वर्गीय मुक्ति संभव भएको बताउनुभयो । उहाँले महिला ,दलित तथा उत्पिडित जनताको अधिकार सुनिश्चितताको निम्ति नेकपा एमालेलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका ईन्चार्ज समेत रहनुभएका बिश्वकर्माले जनताको घरघरमा पुगेर चुनावको माहोल बनाउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

नेकपा एमाले वडा कमिटीका अध्यक्ष दलजित सुनारको अध्यक्षता र विद्यार्थी नेता नवीन सारुको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ ,प्रदेश सांसद तथा नेता रामजी प्रसाद घिमिरे ,जिल्ला अध्यक्ष पिताम्बर भुसाल ,शितगंगा नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य राख्दै सरकारको कामको आलोचना गरेका थिए ।

कार्यक्रममा एमाले जिल्ला सचिव तोजबहादुर रायमाझी ,उपसचिव भिम के.सी. लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top