मर्चवारबाट उदाउँदै छ एमाले 

राजनीति चैत्र ७ 2078 ekhabarnepal
1

बुटवल, चैत्र ६
नेकपा एमालेका लागि सवैभन्दा कमजोर जनाधार क्षेत्र मानिने रुपन्देहीको मर्चवारमा निर्वाचन नजिकिदै गर्दा एमाले प्रवेशले रौनक थपेको छ । त्यसोत देशैभरी मधेसमा एमालेप्रतिको आकर्षण बढेकै छ भन्ने कुरा एकदुइ महिनाभित्र रुपन्देहीमै भएका ठूला ठूला प्रवेश कार्यक्रमले प्रमाणित गरेकै छ, त्यसमा पनि मर्चवारमा यस प्रकारको अभूतपूर्व लहर इतिहासमै पहिलो पटक आएको हुनुपर्छ ।
रुपन्देहीका दुई पालिकाहरु रोहिणी र ओमसतिया गाउँपालिकाका निर्वाचित अध्यक्षहरु एमालेमा प्रवेश गरे यता एक प्रकारको लहर सृजना भएको छ । यो लहर मायाँदेवी हुँदै समरीमाईसम्म आइपुगेको छ ।
आइतवार भारतको सिमानामै पर्ने समरीमाईको वार्ड नं. २ स्थित वनगाईमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सो वार्डका रजमन्ता कहाँर, साधु देवान,राजमति कहार, परशुराम हरिजन, अकवर अली, किसमति केवट सहित ५८ जना, वडा नं. ४ बाट पानमति हरिजन, विन्दा लोध, सुवास हरिजन, सन्तराम भुज, रामदेव लोध, सुराती हरिजन सहित ६० जना, वडा नं. ५ बाट बजीव अली, लालमन लोध, मिर्रे लोध, मिर्रे चौवे सहित ३६ जना, वडा नं. ६ बाट मकवुल लोध, शैलेन्द्र यादव, निदरद तेली, चीनक धोवी, मगरु पासी समेत ५५ गरी २०९ जना एमाले प्रवेश गरेका छन् ।


नेपाली काँग्रेस र मधेसी पार्टीहरुबाट प्रवेश गरेका उनीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकाल, रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, प्रदेश सदस्य बाबुला यादव, सांसद सुनिता ठटेर लगायतले अवीर र खादा लगाएर स्वागत गर्नुभएको थियो । 
पार्टी प्रेश कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेशका सचेतक ढकालले एमाले सरकारले गरेका कामले अहिले देशैभरी एमालेप्रति लहर आएको प्रसंग कोट्टाउँदै रुपन्देहीको मर्चवार क्षेत्रबाट सूर्योदय भएको छ, अब एमालेलाई परास्त गर्ने शक्ति कसैसंग छैन भन्नुभयो । 
नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले रुपन्देहीमा नेकपा एमालेले बहुमत पालिकाहरुमा विजय प्राप्त गर्ने गरी रणनीति वनाइरहेको प्रसंग उल्लेख गर्दै विगतमा पराजय ब्यहोर्नुपरेका स्थानहरु यो पटक पहिलो प्राथमिकतामा छन् भन्नुभयो ।
सो अवसरमा प्रदेश सदस्य बाबुलाल यादवले लुम्विनी प्रदेशमा शंकर पोख्रेल नेतृत्वको सरकारको पालामा शुरु गरेको सडक निर्माण मर्चवारको लागि महत्वपूर्ण आयोजना रहेको वताउँदै आगामी निर्वाचनमा खासगरी मधेसमा एमाले विजयलाई कुनै तागतले रोक्न नसक्ने विश्वास ब्यक्त गर्नुभयो ।
बरिष्ठ पत्रकार डी.आर. घिमिरेले लामो समयसम्म मर्चवारको सत्ता चलाउनेले एउटा क्याम्पस र एउटा अस्पताल किन बनाउन सकेनन् ? शंकर नेतृत्वको सरकारले वनाउन सक्ने सडकलाई किन उनीहरुले प्राथमिकता दिन सकेनन् ?
सो अवसरमा सांसद सुनिता ठठेर, मुस्लिम मुसलमान, रहिम मुसलमान लगयातले मधेसवाट एमालेको सूर्य उदाउन थालेको वताउनुभयो ।


 

प्राप्त प्रतिकृयाहरू

To Top