संविधान र कानुनसँग बाझिएका निर्वाचन आचारसंहितामा एमालेको आपत्ति 

राजनीति चैत्र २४ 2078 ekhabarnepal
Download

काठमाडौँ ,चैत्र २४
 नेकपा एमालेले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले संविधान र कानुनसँग बाझिएका विषय राखेको भन्दै लिखित रूपमा असहमति राखेको छ ।

एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगले बैशाख ३० गते का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहितामा संविधान र कानुनसँग बाझिए बाहेकका विषय मात्रै मान्ने भन्दै पत्र बुझाएका छन् ।

एमाले महासचिव पोखरेलले बिहीबार आयोगलाई बुझाएको पत्रमा भनिएको छ, एमाले नेपालको संविधान तथा संसदद्वारा पारित गरिएका कानुनहरूप्रति सदैव प्रतिबद्ध छ । यस आयोगले तयार पारेको आचारसंहितासहित संविधान र कानुनसँग बाझिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका वा जारी हुने संहिताहरूको पालन गर्न र गराउन समेत हाम्रो पार्टी प्रतिबद्ध छ ।

आपत्तिका विषय यस प्रकार छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top