भरतपुर कांग्रेसमा मेयर नपाए सवै वडामा विद्रोह गर्ने 

राजनीति चैत्र २९ 2078 ekhabarnepal
Congress bharatpur

बुटवल, चैत्र २९
चितवनको भरतपुर महानगरपालिकास्थित कांग्रेसका सबै वडा सभापतिहरूले आगामी स्थानीय निर्वाचनमा मेयरको टिकट कांग्रेसले नपाएमा विद्रोह गर्ने निर्णय गरेका छन्। 

जिल्ला पार्टी कार्यालयमा भरतपुर महानगरका २९ मध्ये २५ वडाका कांग्रेस सभापतिको बैठकले यस्तो निर्णय लिएको हो। 

बैठकमा सहभागी वडा नम्बर १५ का कांग्रेस सभापतिले राजेन्द्र शाँखीले भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए नमान्ने बताए। 

भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल उठ्ने कुराले गठवन्धन समस्याग्रस्त छ ।
‘कांग्रेस चितवन जिल्ला कार्यसमितिले पनि भरतपुरको मेयर लिएर सत्तारूढ गठबन्धनका दलसँग तालमेल गर्ने निर्णय गरेको छु, उनले भने, ुकेन्द्रले जबरजस्ती अरू दललाई मेयरको टिकट दिने निर्णय गरे हामी मान्दैनौँ। त्यसको विरोधमा हरेक वडामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिन्छौँ।’

वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेका छन्। 

अन्य चारवटा वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूले समर्थन जनाएको शाँखीले जानकारी दिएका छन्। 

प्राप्त प्रतिकृयाहरू

To Top