डोल्पाको शे फोक्सुन्डो गाउँपालिकामा ६ जना वडा अध्यक्षसहित अध्यक्ष निर्विरोध

राजनीति बैशाख १२ 2079 ekhabarnepal
Dolpa uml

बैशाख १२ , काठमाडौँ
डोल्पाको शेफोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भएका छन्। 
यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङबाहेक अरुको उम्मेदवारी नपरेको हो। गुरुङ नेकपा एमालेका डोल्पाका उपसचिव हुन्। उनले गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटामा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको बताए।
गुरुङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्वाचित भएका छन्। गुरुङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ। 
त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल निर्विरोध भएको छ। वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ। त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल निर्विरोध भएको छ। 
वडा नम्बर ७ मा पेमा छिरिङ गुरुङको प्यानल निर्विरोध भएको छ। त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल निर्विरोध भएको छ। 
यद्यपि निर्वाचन आयोगले उनीहरूको निर्विरोधको सूचना प्रकाशित गर्न बाँकी छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top