‘भट्टराईले गरेको सेवा सम्झेर भोट दिनु होला है’

राजनीति बैशाख १८ 2079 ekhabarnepal
Baburam

बुटवल, बैशाख १८। 
‘खज्र्याङ हेल्थपोष्टका संस्थापक कर्मचारी बाबुराम भट्टराईले गरेको सेवा सम्झेर भोट दिनु होला है ।’
 बावुराम भट्टराईले बुटवल उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएको समाचार सुनेपछि गुल्मीको खज्र्याङ् खरीबोटका ५८ बर्षिय बद्री प्रसाद घिमिरेले सामाजिक सञ्जालमा हालेको स्टाटस हो यो । 
भट्टराईले टिकट पाएपछि घिमिरे औधि खुशी भए । उम्मेदवार बन्ने समाचार सुनेपछि तत्काल उनले राखेको स्टाटस यस्तो थियो—
 ‘बावुराम भट्टराईले टिकट पाउनु भयो भन्ने सुनियो, पहिले त तिनै आयु बाबुराम हुन् की होईनन् भन्ने लागेको थियो हो रहेछ । पार्टीले भट्टराईको मुल्यांकन गरेछ ।’ 
२०३६ सालमा गुल्मीको खज्र्याङ्मा स्वास्थ्यकर्मीको रुपमा गएका भट्टराईले उनी र सो ठाउँका अन्य धेरैलाई कम्युनिष्ट पार्टीमा लाग्न दिएको प्रेरणा अविष्मरणीय छ । यस वीचमा उनको ईमानलाई पनि घिमिरेले सम्झेका छन् ।
‘हामी खज्र्याङ्वासी अति खुसी छौं, हामीलाई सेवा गरेको मान्छे खज्र्याङ् हेल्थपोष्टका कर्मचारी सस्थापक बुटवल उपमहानगरपालिकाको नगर प्रमुख हुनुहुने भएछ, मैले आफन्तहरुलाई बावुराम भट्टराईले यहाँ गरेको सेवा सम्झेर भोट दिनु होला है भनेर फोनबाट पनि भनेको छु ।’ उनले टेलिफोनमा भने ।
‘बावुराम जीले हेल्थपोष्टमा रहँदा उपचार गरेका यो सेरोफेरोका मान्छे धेरै बुटवलमा हुनुहुन्छ, सबैलाई मैले भनेको छु त्यस्तो सेवकलाई मत नदिने हो भने हामी काम नलाग्ने ठहरीन्छौं’ घिमिरेले थपे ।
त्यो बेला लामो समय बिरामी परेका ६७ वर्षिय प्रकाश घिमिरे बुटवल बस्दा रहेछन् । अहिले बावुरामजी बुटवलको नगरप्रमुखमा उठ्नु भएको छ म पनि संयोगले ७ बर्षदेखि बुटवलमै बस्न थालेको छु । गुल्मीमा उतीबेला औषधी दिएर बचाएको मान्छेलाई भोट दिन पाउने भएँ खुसी लागेको छ ।’ बुद्धनगरमा भेटिएका घिमिरेले भने । ‘बावुरामजीले उपचार गरेर बाँचेको मान्छे हुँ म’ उनले भने ।
गुल्मीमा बसुन्जेल उनी सरकारी जागिरे भएर मात्रै बसेनन्, खज्र्याङको शैक्षिक बिकासमा समेत सहयोग गरे । छोराछोरी बिद्यालय नपठाउने बावुआमालाई बिद्यालय पठाउन अनुरोध गर्थे, घिमिरेले भने ।   
एमालेका पुराना नेता देवेन्द्र घिमिरे बावुराम भट्टराईको परिवारले भूमिगत कालमा आफुहरुलाई सेल्टर दिएको सम्झिन्छन् । ‘बावुरामजीहरुको परिवारले हामीलाई सेल्टर दियो, भट्टराईजीका दाई गोपालजी पार्टीमा लागि सक्नु भएको थियो, त्यो परिवारले भूमिगत कालमा धेरै नेतालाई सेल्टर दियो’ उनले भने ।
बावुरामजी हेल्थ असिष्टेन्ट हुनुहुन्थ्यो भूमिगत कालमा मालेका कार्यकर्ता बिरामी भए भने हामीले वहाँको सहयोगमा अस्पताल लगेर उपचार गथ्र्यौं, घरमा बास पाईन्थ्यो अस्पतालमा उपचारमा सहयोग हुन्थ्यो’ घिमिरेले भने ।
हेल्थ असिष्टेन्ट पढेका बाबुराम पञ्चायतकालमा गुल्मीको खज्र्याङ् स्वास्थ्य चौकीमा कार्यरत थिए । पछि सरुवा भएर  लुम्बिनी अञ्चल (हालको लुम्बिनी प्रादेशिक) अस्पतालमा आए । बुटवलमा आएपछि भट्टराईले कम्युनिष्ट कार्यकर्ताहरुको उपचारमा निकै सहयोग गरे ।
उपचारमा मात्र होईन भट्टराई पार्टी र बिद्यार्थी संगठनहरुलाई आईपर्ने गर्जो टार्न अघि सर्थे। अनेरास्ववीयुका पुर्व केन्द्रिय अध्यक्ष समेत रहेका राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार बुटवलमा अखिलका कार्यकर्ताको उपचार मात्रै होईन अप्ठेरो साँघुरो फुकाउने पनि बावुराम भट्टराई थिए। अधिकाश बिद्यार्थीहरु बावुराम भटराईलाई आयु वावुराम भनेर चिन्ने गर्छन्।
‘रुपन्देहीमा त्यो बेला अनेरास्ववीयुको कार्यक्रम हँुदा बुटवलमा बावुराम भट्टराई, माधव नेपाल, कृष्ण पाण्डे र मोती ज्ञवालीहरुबाट सहयोग लिएर चलाइन्थ्यो भने भैरहवामा डा.रामप्रसाद बस्यालबाट सहयोग हुन्थ्यो,’ भट्टराईले भने ।
‘वहाँहरु हाम्रो आधार बिन्दु हुनुहुन्थ्यो अखिलका कार्यक्रम चलाउने श्रोत वहाँहरुले नै दिनु हुन्थ्यो, स्ववियु निर्वाचनको प्रचारका लागि होस् या नयाँ बिद्यार्थीको स्वागतका लागि गरिने कार्यक्रममा होस्, बावुरामजी अघि सरेर सहयोग गर्नुहुन्थ्यो,’ भट्टराईले भने ।
जागिर छोडेर औषधी व्यवसायमा सक्रिय रहँदै आएका भट्टराई २०६१ सालदेखि २०६३ सम्म लुम्बिनी अञ्चल अस्पताल विकास समितिको अध्यक्ष भएर अस्पतालको आर्थिक बृद्धीमा महत्वपूर्ण काम गरे।
भट्टराईले औषधी व्यवसायी संघको केन्द्रीय अध्यक्ष भएर व्यवसायको सुधारमा काम गरे। राजनितिसँगै उद्यम र व्यवसायमा अब्बल बनिरहेका भट्टराईलाई एमालेभित्र मात्र होईन, सबै पार्टी र सिंगो बुटवल बजारले पत्याउथ्यो । भट्टराईको ईमान्दारिता आर्थिक पारदर्शिता र स्वास्थ्य प्रतिको ज्ञानको कारण २०६२÷०६३ सालको जन आन्दोलनमा बुटवलमा घाईतेहरुको उपचार गर्न स्थापित उपचार कोषको संयोजक पनि उनैलाई बनाईएको थियो।
भट्टराईले युवाहरुलाई राजनितिसँगै उद्यमी बन्न प्रेरीत गरिरहन्छन् । ‘अबको राजनिति फाटेको झोला बोकेर र सधै अरुसँग मागेको भरमा चल्दैन, समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्न युवाहरुलाई सँगसँगै राजनितिककर्मी र उद्यमी बनाउनुपर्छ ।’ भट्टराईकै प्रेरणा र सहयोगबाट धेरै युवाहरु औषधी व्यवसायमा सम्लग्न छन् । खज्र्याङ्बाट तिलोत्तमाको ड्राईभरटोलमा बस्दै आएका हरी ढकाल र बुटवल ११ शान्तिचोकका सुरज भट्टराई बावुरामलाई आफ्नो प्रेरणाको श्रोत ठान्छन् ।
‘हामी जस्ता धेरै युवाहरु बावुराम दाईको सहयोग र प्रेरणाबाट औषधी व्यवसाय र उद्योगमा लागेका छौं, वहाँले जहिले पनि उद्यमशिलतालाई जोड दिनुहुन्छ।’ औषधी व्यवसायी संघका लुम्बिनीका पूर्व अध्यक्ष समेत रहेका सुरज भट्टराईले भने।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घामा जन्मिएर बुटवल बसोबास गर्दै आएका भट्टराई एक शालिन र भद्र छवि बनाएका ब्यक्ति हुन् । एमाले जिल्ला कमिटी सदस्य हँुदै दुई कार्यकाल केन्द्रीय स्वास्थ्य विभाग सदस्य भएका उनी हाल प्रदेश कमिटी सदस्य छन्।
व्यवसायतर्फ नेपाल औषधी व्यवसायी संघको केन्द्रीय अध्यक्षसम्म उनी भइसकेका छन् ।  मेयर जितेमा भट्टराईले बुटवललाई नमुना र उत्कृष्ट शहर बनाउने बताएका छन् ।
 
 

प्राप्त प्रतिकृयाहरू

To Top