एमालेले पार्टी विरोधीलाई कारवाही गर्यो 

राजनीति बैशाख १९ 2079 ekhabarnepal
Uml logo

बुटवल, वैशाख १९ गते

 लुम्बिनी प्रदेशका केही जिल्लामा र रुपन्देहीका नेकपा एमालेका सदस्यहरुले पार्टी निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ब्यक्तिहरुलाई नेकपा एमाले प्रदेश कमिटी तथा रुपन्देही जिल्ला कमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरेको छ । 
प्रदेश कमिटीबाट कारवाही गरी निस्कासन गरिएका ब्यक्तिहरुमा कपिलवस्तुका कुमार मधु बेल्वासे,पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरुङ्ग र रुपन्देहीका सञ्जय गुप्ता एवं बाबुलाल यादव रहेका छन् ।  
त्यस्तै रुपन्देहीका केही पालिकामा पनि पार्टी निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ब्यक्तिहरुलाई नेकपा एमाले रुपन्देहीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरेको छ । 

अध्यक्ष तेजेन्द्र केसीले निकाल्नु भएको बक्तब्यमा सम्पूर्ण पार्टी पंक्तिलाई त्यस्ता ब्यक्तिहरुको कुनै पनि भ्रममा नपरी पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्ने अभियानमा एकतावद्ध भई लाग्न अनुरोध गरिएको छ ।
यसरी कारवाहीमा पर्नेहरुमा देवदह नगरपालिका वडा नं–१ निवासी हरिबहादुर तामाङ्ग, देवदह नगरपालिका वडा नं–५ निवासी तोलराज बि.क.र वडा नं–७ निवासी पदम थापा, ओमसतिया गाउँपालिका वडा नं–२ निवासी इन्द्रजित यादव, वडा नं–४ निवासी बेचुराम जयसवाल र निवासी रामशंकर चाई, रोहिणी गाउँपालिका वडा नं–१ निवासी अनिता हरिजन, वडा नं–२ निवासी कान्छा कोहार, वडा नं–४ निवासी नन्दकिशोर कुर्मी, वडा नं–५ निवासी पशुपतिनाथ यादव, बुटवल उपमहानगरपालिका वडा नं–१६ निवासी बबिता आचार्य,सियारी गाउँपालिका वडा नं–४ निवासी श्रीप्रसाद श्रेष्ठ, गैडहवा गाउँपालिका वडा नं–६ निवासी नरेन्द्रप्रताप सिंह, तिलोत्तमा नगरपालिका वडा नं–६ निवासी हरी पाण्डे र वडा नं–५ निवासी हरी पौडेल रहेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top