पाल्पा एमालेको प्रचार अभियानमा कांग्रेसले गर्यो आक्रमण 

राजनीति बैशाख १९ 2079 ekhabarnepal
Rampur 2

बुटवल,वैशाख १९ । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेस कार्यकर्ता आक्रमण गरेका छन् । आक्रमणबाट चोलाकान्त कुमाल, मनोज उप्रेती , राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते भएका छन् ।
नेकपा एमालेका नगर प्रमुख उपप्रमुखसहितका उम्मेदवारले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दैगर्दा सिकोडाँडामा नेपाली काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top