एमाले उम्मेदवारलाई समर्थन गर्दै पाण्डेले लिए उम्मेदवारी फिर्ता 

राजनीति बैशाख २२ 2079 ekhabarnepal
Pp

बुटवल, २२ बैशाख । 
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ बाट अध्यक्ष पदका बागि उम्मेदवार हरि प्रसाद पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 
नेकपा एमालेका स्थानीय नेता पाण्डेले आज उम्मेदवारी फिर्ता लिंदै नेकपा एमालेका आधिकारीक उम्मेदवारका पक्षमा मतदान गर्न आब्हान गरेका छन् । उनले आफ्ना केही असन्तुष्टिहरुको सम्वोधनका लागि उम्मेदवारी दिएपनि स्थानीय पार्टी नेतृत्वले समन्वयन गरेका कारण समयमै उम्मेदवारी फिर्ता लिन नसकेको बताएका छन् । 
आज पार्टीका शीर्ष तहका नेताहरुसंगको भेटघाटपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनले बताएका छन् । उनले आजैदेखि आफ्नो तर्फबाट मत माग्ने कार्यक्रम स्थगित गरी नेकपा एमालेका आधिकारीक उम्मेदवारको घरदैलो कार्यक्रममा सहभागि भएको नेकपा एमाले तिलोत्तमाले बताएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top