भट्टराईद्वारा माओवादी परित्याग

राजनीति बैशाख २२ 2079 ekhabarnepal
279382808 743104926688045 6512556102458609520 n

बुटवल, बैशाख २१

नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सल्लाहाकार बालाराम भट्टराई र बुटवल उपमहानगर कमिटी सदस्य रेनुका भट्टराईले पार्टी परित्याग गरेका छन् ।

तात्कालिन नेकपा माक्र्सवादीबाट कम्युनिष्ट पार्टीमा आवद्ध भई नेकपा माओवादी केन्द्रमा रहनुभएका भट्टराईले  नेकपा माओवादी केन्द्र बैचारिक र सागंठनिक रुपमा तिव्र स्खलन भएको र नेपाली काग्रेंस जस्तो जनघाती शक्तिसंग सहकार्य गरी रुखमा भोट हाल्न कार्यकर्तालाई बाध्य बनाउने काम गरेकोमा तीब्र असन्तुष्ठि जनाउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ—माओवादी केन्द्रले चरम गैर राजनितिक, गैर कम्युनिष्ट चरित्र प्रदर्शन गरेकोले नेकपा माओवादी केन्द्र परित्याग गरी पुरानै मूल घर फर्कने निर्णय गरेको छु ।

प्राप्त प्रतिकृयाहरू

To Top