राजनीति

 राष्ट्रियसभाको १८ पदका लागि ४५ उम्मेदवार   

पौष २० २०७६   ekhabarnepal

काठमाडौँ, पुस २० गते । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।          बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम...

भारतीय सेनाका नेपाली मारिँदा शव नेपालमा ल्याउन दिइनुपर्ने माग 

पौष १८ २०७६   ekhabarnepal

बीबीसी न्यूज नेपाली भिडन्त वा दुर्घटनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त...

नेकपाले छान्यो राष्ट्रियसभा उम्मेदवार,प्रदेश ५ बाट  जगप्रसाद शर्मा, बिमला घिमिरे र गोपाल भट्टराई

पौष १८ २०७६   ekhabarnepal

काठमाडौं, पुष १८ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु छनौट गरेको छ ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको हो ।  प्रदेश नं.–५ बाट केन्द्रीय कमिटी सदस्य एवं ५ नं. प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा (अपार), केन्द्रीय कमिटी सदस्य एवं कप...

सांसद शाहलाई ज्यान मार्ने उद्योगमा पक्राउ गर्न अदालतको  अनुमति

पौष १८ २०७६   ekhabarnepal

काठमाडौं, १७ पुष,२०७६ । सांसद एवं नेपाली कांग्रेस नेता अभिषेक प्रताप शाहलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।  प्रतिनिधि सभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहसहित दुई जनालाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले अनुमति दिएको इजलास अधिकृत भीमराज ढकालले जानकारी ...

२०१९ मा ऊर्जाः ‘इनर्जी डिप्लोमेसी’देखि लगानी विस्तारसम्म

पौष १५ २०७६   ekhabarnepal

रासस, रमेश लम्साल  काठमाडौँ, पुस १५ गते । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रूग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि भारत र बङ्गलादेशको बजार खोज्नसमेत सफल भएको छ । सञ्चित घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण सार्वजनिक स...

सामुदायिक वनमा हस्तक्षेप नरोकिए देशब्यापी आन्दोलन गर्ने चेतावनी

पौष १४ २०७६   ekhabarnepal

बुटवल,पुस १४ । स्थानीय जनताले संरक्षण गरेको सामुदायिक वनमाथि सरकारले तेहरो कर लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले आज सोमबार बुटवलमा प्रदर्शन र सभा सम्पन्न गरेको छ । तेहरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक बनका उपभोक्ता विरोध प्रदर्शन र सभाका गरेका हुन । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उ...

प्रदेश तीनको नाम बाग्मती र राजधानी मकवानपुर बनाउन नेकपाको निर्देशन

पौष १३ २०७६   ekhabarnepal

काठमाडौँ,पुस १३, २०७६   नेकपाले प्रदेश ३ को नाम बाग्मती  बनाउन र राजधानी मकवानपुर नै कायम राख्न प्रदेशलाई निर्देशन दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उक्त निर्देशन दिएकाे  हो । प्रदेशको नाम र राजधानीबारे अनिर्णत बनेका बेला नेकपा नेतृत्वले प्रदेशसभा दललाई प्रदेशको नाम बाग्मती र राजधानी मकवानपुर नै राख्न  निर्देशन दि...

 सिपी गजुरेलसहित १० जना पक्राउ

पौष १३ २०७६   ekhabarnepal

काठमाडौं,पुस १३, २०७६  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहित १० जना अनामनगरको हनुमानस्थानबाट पक्राउ परेका छन्। नेपाल-भारत सीमाबारे उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो। प...

दुईतिहाई सरकारको कारण सम्भावनाको ढोका खुलेको हो

पौष १२ २०७६   ekhabarnepal

काठमाडौं, पुस १२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान चरितार्थ हुँदै गएको बताउनुभएको छ । प्रेस संगठनले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग पत्रकार अन्र्तक्रिया’ र ‘राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रम’मा सरकारले ल्याएका योजनाप्रति ...

नेकपा प्रदेश ५ ले गर्यो विभागहरुको विस्तार          

पौष १२ २०७६   ekhabarnepal

  बुटवल, पौष १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले आफु मातहतका विभागहरुको विस्तारसँगै एकता प्रकृयाका सम्पूर्ण कार्यहरु पुरा गरेको छ । नेकपा प्रदेश कार्यालयको बैठकले विभिन्न २८ वटा विभागमा विभिन्न जिल्लाका ६०३ जनालाई थप जिम्मेवारी दिएको छ ।   नेकपा प्रदेश ५ ले १ वर्षको अन्तरालमा प्रदेश अन्तर्गतका १२ वटा जिल्ला कमिटी, १०९ वटा...

देउवाले एक वर्ष कार्यकाल थपे , महाधिवेशन अर्को वर्षको फागुनमा 

पौष ११ २०७६   ekhabarnepal

काठमाडौं, पुस ११ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन्। चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन्। विधानमै भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेका हुन्...

नेकपाले दुई साताभित्र एकता प्रक्रिया टुङ्गो लगाउने तयारी

पौष ११ २०७६   ekhabarnepal

काठमाडौंँ, पुस ११ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबको दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने तयारीमा लागेको छ । नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ । त्यसअघि एकताका बाँकी काम टुङ्गो लगाउने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो । सोही निर्णयानुसार कामहरू अगाडि बढिर...

शासकीय स्वरुप स्पष्ट नहुँदा राष्ट्रपतिलाई प्रयोग गरेको आरोप

पौष ९ २०७६   ekhabarnepal

काठमाडौँ,पुस ९, २०७६   समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप लगाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार पाटीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले नेपालको शासकीय स्वरुप स्पष्ट नहुँदा प्रधानमन्त्रीले राष्ट्र...

समाजवादी पार्टी सरकारबाट अलग

पौष ८ २०७६   ekhabarnepal

काठमाडौँ,पौष ८ २०७६  दुई बुँदे सहमति तोडेको आरोप लगाउँदै समाजवादी पार्टी सरकारबाट अलग भएको छ । पार्टीका तर्फबाट उपप्रधान एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मव इस्तियाक राईले मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्...

सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

पौष ७ २०७६   ekhabarnepal

रासस काठमाडौँ, पुस ७ गते । सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए । नेपाल...

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरण मुक्त

पौष ६ २०७६   ekhabarnepal

काठमाडौँ,पुस ६, २०७६ विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको प्रहरीले अपहरण मुक्त गरेको छ । शाहीलाई प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिकाबाट अपहरणमुक्त गरेको जिल्ला प्रहरी कालिकोटका प्रमुख डीएसपी श्याम बलियाले जानकारी दिए । उनका अनुसार अध्यक्ष शाही अहिले कालिकोटबाट खटिएको प्रहरी टोलीको सुरक्षा घ...

एमसिसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई 

पौष ६ २०७६   ekhabarnepal

स्थायी समितिबाट अध्यक्षद्वयको प्रस्ताव संशोधनसहित पारित काठमाडौँ,पुस ६, २०७६  सात दिनसम्म नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ।  स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रति...

३३ वर्षका पाकिस्तानी प्राध्यापकलाई मृत्युदण्डको फैसला

पौष ६ २०७६   ekhabarnepal

काठमाडौँ,पौष ६ ,२०७६  इस्लामको निन्दा गरेको अभियोगमा पाकिस्तानमा एकजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। ३३ वर्षका विश्वविद्यालय प्राध्यापक जुनैद हाफीजलाई इस्लामको निन्दा गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनलाई सन् २०१३ को मार्चमा इस्लामको निन्दा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनले सामाजिक सञ्जालमा पैगम्बर मोहम्दम...

दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीको अपहरण

पौष ६ २०७६   ekhabarnepal

काठमाडौँ,पौष ६ ,२०७६  दैलेखमा गाउँपालिका प्रमुख अपहरणमा परेका छन् । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई शनिबार राति अज्ञात समूहले घरबाटै अपहरण गरेको हो । हाल दैलेख सदरमुकाममा रहेकी गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको ...

नेकपाले केन्द्रीय कमिटी बैठक पुसमै बाेलायाे 

पौष ५ २०७६   ekhabarnepal

काठमाडाैंपुस ५, २०७६ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरण भएको डेढ वर्ष पुग्दा समेत नेकपाले केन्द्रीय कमिटी बैठक बोलाउन सकेको थिएन । तर, २९ मंसीर देखि शुरु भएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहालले माघ पहिलो साता केन्द्र...

मनोगत आशंका र नेतृत्वप्रति अविश्वास सिर्जना गर्नु उचित होइन  : प्रदीप ज्ञवाली

पौष ३ २०७६   ekhabarnepal

(स्थायी कमिटीको बैठकमा प्रस्तुत टिप्पणीको पूर्णपाठ) काठमाडौं, पुस ३ ।  स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको तर्फबाट कमरेड अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका आधारभूत पक्ष र यसले लिएको दिशा मूलभूत रुपमा सही छ । प्रतिवेदनमा बैठक आयोजनामा भएको ढिलाइ, पार्टीको संगठनात्मक एकीकरणमा भएको विलम्बले गर्दा सिर्जित अन्योल र नोक्सानी, पार्...

‘सीमा विवादमा अदालतबाट कुनै आदेश जारी गर्नुपर्दैन’

पौष २ २०७६   ekhabarnepal

प्रधानमन्त्री ओलीले सर्वाेच्चलाई पठाएको लिखित जवाफ यस्तो छ काठमाडौं,पुस २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादको विषयमा अदालतबाट कुनै आदेश जारी हुनु नपर्ने बताएका छन्।  सर्वाेच्च अदालतलाई आज लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन...

नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति

पौष २ २०७६   ekhabarnepal

काठमाडौं, पुस २ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको छ । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको जनाइएको छ । महिला ...

नेतृत्वका कमरेडहरु उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ !

पौष १ २०७६   ekhabarnepal

घनश्याम भूसाल कमरेड अध्यक्ष, क्रान्ति सम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नुपर्थ्यो त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ समस्याहरु द...

प्रदेशको नाम र राजधानीको विषय  शिर्ष नेतृत्वबाट  निर्देशन दिनु उचित 

पौष १ २०७६   ekhabarnepal

शंकर पोखरेल   केही सैद्धान्तिक सवालहरुमा : नेपालको कम्युनिष्ट आन्दोलनका आफ्नै मौलिक विशेषता रहेका छन् । मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास नेपाली कम्युनिष्ट आन्दोलनको विशेषता हो । जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौं शताब्दीका जनवादम...

पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा सरकारले काम गर्न नसकेको जिकिर

पौष १ २०७६   ekhabarnepal

काठमाडाैं पुस १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यहरूले सरकारले पार्टी पंक्ति र जनपरिचालनका काम गर्न नसक्दा सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथिको आलोचना तीव्र बनाएका छन् ।  अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि भएको दोस्रो दिनको छलफ...

 कृषि भूमिको चक्लाबन्दी नगरे उत्पादन बढ्दैन-बामदेव गौतम  

पौष १ २०७६   ekhabarnepal

काठमाडौं,पौष १। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने टिप्पणी गरेका छन्।  अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवश्यक रहेको बताएका हुन...

नागरिकता कानुन संसोधन: चर्कियो विरोध, शान्ति कायम राख्न प्रधानमन्त्रीको आग्रह

मंसिर ३० २०७६   ekhabarnepal

भारत दिल्ली,मंसिर ३० भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अवैध आप्रवासीहरूबारेको नयाँ कानुनी प्रवाधानविरुद्ध पाँचौँ दिन पनि हिंसात्मक प्रदर्शन भएपछि सबैलाई शान्ति कायम राख्न आग्रह गरेका छन्। राजधानी दिल्लीका साथै मुम्बई, हैदराबाद र कोलकातामा ठूला प्रदर्शनहरू भएका छन्। प्रहरीले बाटो बन्द गर्ने र बसमा आगो लगाउने काम भएपछि आइतवार प्रदर्शनकार...

मिडियाले विश्वसनियता नगुमाउनुस्ः मन्त्री चौधरी, राजधानी तोकिएको समाचार सत्य हैन 

मंसिर ३० २०७६   ekhabarnepal

बुटवल,मंसिर ३० प्रदेश पांचका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले मिडियाले अनुमानका भरमा समाचार लेखेर विश्वसनियता गुमाउन नहुने विचार ब्यक्त गर्नु भएको छ ।  मेचीकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित मेचीकाली सन्देश दैनिकको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पत्रकारहरुले अनुमानको भरमा समाचार लेख्दा विश्वासन...

नेकपा स्थायी कमिटीे बैठक, ‘सरकारको मूल्याङ्कन सम्बन्धी छुट्टै एजेण्डा बनाउनु पर्छ’

मंसिर २९ २०७६   ekhabarnepal

काठमाडौं, मङ्सिर २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको अध्यक्षद्वयद्वारा प्रस्तुत गर्नुभएका पाँचवटा राजनीतिक प्रतिवेदनलगायतका एजेन्डाहरु स्वीकार गर्दै चौथौं बैठक प्रारम्भ भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश...

नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डा

मंसिर २९ २०७६   ekhabarnepal

 काठमाडौं, मंसिर २९  ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एक वर्षपछि आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टीको कामलाई गति दिन आज स्थायी समिति बैठक बोलाउनु भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षले बैठकको तयारीका लागि आवश्यक गृहकार्य पूरा गर्नुभएको छ । बैठकक...

प्रदेश सरकारले वनायो अस्पताल विकास समिति

मंसिर २८ २०७६   ekhabarnepal

बुटवल, मंसिर २८  । प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो । मन्त्रिपर...

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल

मंसिर २७ २०७६   ekhabarnepal

(रासस)  रुपन्देही,मंसिर २७  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन्। बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यायलको स्वर्णमहोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्...

लुम्बिनीको बिकास सबैको साझा एजेन्डा : रक्षा मन्त्री पोखरेल

मंसिर २६ २०७६   ekhabarnepal

लुम्बिनीमा प्रज्ञा स्तुपा निर्माण बुटवल, मंसिर २६ / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लुम्बिनीको बिकासका नाममा ब्युरोक्रेटिक ढंगले सेटिङ गरेर चलाउन खोज्नेलाई भत्काउनु पर्ने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा निर्माण गरिएको प्रज्ञास्तुपको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले लुम्बिनी विकासकोषको पदाधिकारीमा नियुक्ति पाउन...

सीमा विवाद सत्य स्वीकारेमा नेपालभन्दा भारतलाई बढी लाभ : मन्त्री बाँस्काेटा  

मंसिर २६ २०७६   ekhabarnepal

 रासस  काठमाडाँै, मङ्सिर २६ गते । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सीमा समस्याका विषयमा सरकारको धारणा राख्दै मन्त्री बाँस्कोटाले सत्य स्वीकारेर सहजीकरण गर्नुमा नै भा...

प्रधानमन्त्री बन्न मात्र राष्ट्रिय सभामा जान्छु: वामदेव गौतम

मंसिर २५ २०७६   ekhabarnepal

बीबीसी  काठमाडौं,मंसिर २५ ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफू प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने बताएका छन्। उनलाई उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्ने निर्णय गरेको छ। तर सचिवालयको त्यो निर्णय स्थायी समितिको बैठकले अनुमोदन गर्नुपर्ने छ। कुनै सांसदलाई राजीनामा गराएर नेता ग...

भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने मन्त्री नेम्वाङको  दाबी

मंसिर २२ २०७६   ekhabarnepal

बुटवल,मंसिर २२ नयाँ बर्ष २०७७ शुरुहुनु अगावै भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन्। प्रेस संगठन रुपन्देहिले आईतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले भने, बुद्ध चोकदेखि लुम्बिनीसम्मको बाटो तत्काल बनाउन निर्देशन दिएका छौ । वैशाख महिना शुरु हुनुभन...

नेकपा मालारानीको कमिटी बिघटन, चुनावको छाबिन गर्न आयोग 

मंसिर २१ २०७६   ekhabarnepal

शोभाखर पन्थी अर्घाखाँची /मंसिर :- २१ नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले मालारानी ३ को वडा कमिटी बिघटन गरेको छ । हालै सम्पन्न ३ नम्बर वडा अध्यक्षको उपनिर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोग्नुपरेको भन्दै जिल्ला कार्यालयको बैठकले कमिटी विघटन गरेको हो । बैठकले पार्टी काम संचालनको निम्ति बिरबहादुर के.सी.को संयोजकत्वमा ५ सदस्यीय वडा...

वामदेव गौतमको खुलासा : ओली र प्रचण्डले अब प्रधानमन्त्री तपाईं नै हो भन्नुभएको हो [अन्तर्वार्ता]

मंसिर २१ २०७६   ekhabarnepal

काठमाडाैं मंसिर २१  रासस नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् । पार्टी एकता वा पार्टीभित्रको अन्तरसंघर्षका विभिन्न मोडमा नेता गौतमको  भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैं शक्तिशाली भू...

स्थानीय पूर्वाधार विकासको ६ करोड रुपैयाँ शिक्षामा लगानी 

मंसिर २० २०७६   ekhabarnepal

बुटवल मंसिर २० रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा लगानी गरिएको छ । रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्व अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा विद्यालयको भौतिक पूर्वाधार...

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

मंसिर १९ २०७६   ekhabarnepal

काठमाडौं, मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि विहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ दिउँसो डिस्चार्ज हुनु भएको हो । उहाँलाई एपेन्डिसाइटिसको समस्या भए पछि अघिल्लो मंगलबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भस्कुल एण्ड ट्...

नेकपा बैठकको निष्कर्षः उपनिर्वाचन घात भएको छैन

मंसिर १८ २०७६   ekhabarnepal

काठमाडौँ, मङ्सिर १८ गते । काठमाडौं । नेकपा सचिवालय बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठक भर्खरै सकिएको छ ।  बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा उपनिर्वाचनको मतपरिणामबारे सामान्य समीक्षा भएको थियो । बैठकमा उपनिर्व...

उपचुनावको सम्पूर्ण नतिजा सार्वजनिक, नेकपा ३०, कांग्रेस १३ स्थानमा विजयी

मंसिर १६ २०७६   ekhabarnepal

काठमाडौँ,मंसिर १६   शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ ।  आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाका उम्मेदवार ३०,...

दाङ ३ (ख) मा नेकपाकी विमलाकुमारी र बागलुङ २ (ख) मा जनमोर्चाका खिमबिक्रम विजयी

मंसिर १६ २०७६   ekhabarnepal

काठमाडौं, मंसिर १६ प्रदेशसभा उपनिर्वाचन अन्तर्गत दाङ ३ (ख) मा नेकपाका उम्मेदवार बिमलाकुमारी खत्री विजयी भएकी छन्। २४ हजार २८६ मत ल्याएर खत्री विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याएका छन्। यो क्षेत्रमा ०७४ सालको चुनावमा तत्कालिन एमालेका उत्तरकुमार ओली २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए...

कास्की–२ मा प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई विजयी

मंसिर १५ २०७६   ekhabarnepal

  कास्की , १५ मंसिर ।    कास्की–२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार  विद्या भट्टराई विजयी हुनुभएको छ । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १५ हजार९ सय ९१ मत प्राप्त गरेका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा न...

कपिलवस्तुको शिवराजमा राजपाकी मन्जु विजयी

मंसिर १५ २०७६   ekhabarnepal

बुटवल,मंसिर १५ कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्राले विजयी भएकी छन् । उनले प्रतिष्पर्धीको भन्दा दोब्बर मत समेत ल्याइन । निर्वाचन कार्यालयका अनुसार कूल खसेको १ हजार ७ सय २२ मतमध्ये मिश्राले मत ८ सय ६८ मत ल्याइन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका देब भारतीले ४ सय ६५ मत मात्र ल्याउन सके । ...

हालसम्म नेकपा २१, कांग्रेस ७, राजपा २, समाजवादी २ वडामा निर्वाचित

मंसिर १५ २०७६   ekhabarnepal

 काठमाडौं, मंसिर १५ । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आधाआधी आइसकेको छ  । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा २१ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।  निर्वाचन भएका ४३ वडामध्ये नेकपाले २२ स्थानमा विजयी ...

सुन्दरबजारमा नेकपाका उमेदवार विजयी

मंसिर १४ २०७६   ekhabarnepal

काठमाडाैं,मंसिर १४ । लम्जुङ सुन्दरबजार नगरपालिका २ मा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए ।  सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत ...

लुम्बिनी गुरुयोजना समयमै सकेर थप परिस्कृत गुरुयोजना कार्यान्वयनमा लाग्नु पर्छ : मुख्यमन्त्री पोखरेल

मंसिर १४ २०७६   ekhabarnepal

बुटवल, मंसिर १४ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शनलाई बहुविषयमा जोडेर अध्यापन गर्नुपर्ने बताउनुभएको छ ।उहाले लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं वार्षिकोत्सव तथा विश्वविद्यालयको अनुसन्धान केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै ‘बुद्ध शिक्षा धर्म र दर्शनमा मात्रै सीमित हुनुहुदैन, राजनीतिक, आर्थिक, सामाजिक विषयमा यसलाई जोडेर अनुसन...

रोल्पामा नेकपाका जनक बुढा वडा अध्यक्षमा विजयी

मंसिर १४ २०७६   ekhabarnepal

काठमाडौं मंसिर, १४ गते । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  उम्मेदवार विजयी हुनुभएको छ । नेकपाका जनकबहादुर बुढामगरले वडाध्यक्ष पदमा १७४ मत पाएर विजयी हुनु भएकाे हाे । उहाँका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएको रोल्प...
To Top