तम्घास ,असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेताहरु उत्साही भएर मतदान गरेका छन् । यसै क्रममा प्रदेश नम्बर ५ अन्तर्गत गुल्मी जिल्लाबाट नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बिहानै मतदान गरेका छन् ।
उनले रुरु गाउँपालिका ४ बम्घा निमावि मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन् ।
उनले निकै उत्साही हुँदै फेसबुक र ट्वीटरमा फोटोसमेत पोष्ट गरेका छन् ।
सचिव ज्ञवालीले सबैलाई धन्यबाद र शुभकामनासमेत व्यक्त गरेका छन् ।
प्राप्त प्रतिकृयाहरू