काठमाडौँ, असार १२– निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनका क्रममा सञ्चारकर्मीहरुलाई विशेष पासको व्यवस्था नगर्ने भएको छ ।
आयोगले मतदान तथा मतगणनाका लागि सञ्चाकर्मीको परिचयपत्रका आधारमा नै समचार संकलन गर्न दिने ब्यवस्था मिलाएको जनाएको छ । तर, आयोगले समचार संकलन तथा छायाङकनका लागि सम्बन्धित निर्वाचन अधिकृतको अनुमति भने लिनुपर्ने जनाएको छ ।
आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिमा मात्रै समचार संकलन, छाँयाङ्कन तथा तस्वीर लिन सकिने जनाए ।
प्राप्त प्रतिकृयाहरू