समाचार / राजनीति

गठबन्धनलाई घुडा टेकाउदै शिव सुवेदी बने बुटवलको मेयर

असार २१ २०७४     .
Shiva subedi

बुटवल,असार  २१  । नेकपा एमालेका शिवराज सुबेदी बुटवल उप महानगर पालिकाको मेयर बनेका छन । त्यस्तै सोही पार्टिकी गोमा आचार्य उपमेयर बन्न सफल भईन । सुबेदीले २२ हजार ९ सय १७ मत प्राप्त गरेका छन भने २४ हजार ९ सय ६३ मत प्राप्त गर्दै आचार्य उप मेयर बनेकी छन । नेपाली कांग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेद्धवार खेलराज पाण्डेले २० हजार ४ सय ६१ मत पाएका छन । त्यस्तै गठबन्धनकै उपमेयरका उम्मेद्धवार जगत पोख्रेलले १४ हजार ४ सय ९४ मत प्राप्त गरेका छन ।
दोश्रो चरणको स्थानिय निकायको निर्वाचनमा कांग्रेस माओबादि गठबन्धनलाई घुडा टेकाउदै नेकपा एमालेले मेयर र उपमेयर दुबै पदमा कब्जा जमाएको हो ।एमालेको किल्ला भत्काउन भन्दै गरिएको कांग्रेस माओबादी केन्द्रको गठबन्धन पुरै असफल सावित भएको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top