समाचार / लायन्स विशेष

विद्यालय क्षेत्र विकासको लागि फिनल्याण्डले २ अर्ब ३६ करोड सहयोग गर्ने

असार ३० २०७४     .
Artha

काठमाडौं असार,३० । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र बिकास कार्यक्रम अन्तरगत नेपाल सरकारलाई २ अर्ब ३६ करोड रुपैयाँ (२० करोड यूरो) अनुदान दिने भएको छ ।

नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव बैकुष्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदुत जोर्मा सुभान्टोकाबीच शुक्रवार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विद्यालय क्षेत्र बिकास कार्यक्रम यसअघि सञ्चालित विद्यालय क्षेत्र सुधार कार्यक्रमकै निरन्तरता हो ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top