काठमाडौँ साउन ९, – नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् ।
आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो ।
यसरी ह्याक भएका वेभसाइटमा रक्षामन्त्रालयदेखि कानुन आयोगसम्मका वेभसाइटहरु रहेका छन् ।
ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालका वेसाइटहरुमा आफूहरुले ह्याक गरेको दाबी गरेको छ ।
यद्यपि, ह्याकरहरुले दाबी गरेको अनुसार सबै ५८ वटा वेभसाइट डाउन भने छैनन् ।
यसमध्ये केही वेभसाइटहरुमा मात्र ह्याक भएको सन्देश देखिएका छन् भने अन्य केहीमा समस्याहरु देखिएका छन् ।
यसबारेमा प्रहरीको प्रतिक्रिया आउन बाँकी रहेको छ ।
ह्याकरहरुको फेसबुक पेजमा यसअघि बंगलादेशका वेभसाइटहरु पनि आफूहरुले ह्याक गरेको दाबी गरेका छन् ।
समस्या देखिएका वेभसाइटहरु :
http://dppr.gov.np/
http://www.mod.gov.np/
http://www.fhd.gov.np/
http://doind.gov.np/
http://dof.gov.np/
http://dpr.gov.np/
http://fhd.gov.np/
http://forensic.gov.np/
http://www.lawcommission.gov.np/
http://mowss.gov.np/
http://nvc.gov.np/
http://www.fhd.gov.np/
http://www.doind.gov.np/
http://www.dmli.gov.np/
http://www.nitc.gov.np/
http://www.oagnep.gov.np/
प्राप्त प्रतिकृयाहरू