समाचार / अर्थ

भैरहवा भन्सारको बदमाशी, एउटै प्रज्ञापनबाट दुईवटा गाडी बाहिर पठाउने गरेको तथ्य फेला

साउन २८ २०७४     .
Bhairawa

भैरहवा,साउन २८  । भैरहवाभन्सार कार्यालयले एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवाहक ट्रक बाहिर पठाउने गरेको कालो कर्तुतको पर्दाफाशभएको छ । देशलाई लाखौ राजस्व घाटा लगाउदै भन्सार कर्मचारीहरु आफ्नो खोल्टी भर्ने गरेको तथ्य फेला परेको छ ।
भन्सार कार्यालयलाई “सियो देखाएर हात्ती छिराउने ” गरेको आरोप यस अघि पनि लाग्दै आएको थियो । ब्यापारी, भन्सार एजेण्ट र भन्सार कर्मचारीको मिलेमतोमा न्यून सामाग्री देखाउदै कम राजस्व लिएर आफ्नो खोल्टी भर्ने गरेको आरोप अहिले सत्य सावित भएको छ । भैरहवा भन्सार कार्यालयका कर्मचारीहरुकै असन्तुष्टिका कारण एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी गाडी बाहिर पठाउने गरेको खबर फेला परेको हो ।
भैरहवा भन्सार कार्यालयले साउन २६ गते प्रज्ञापन पत्रनम्बर एम ५६७८७ र एम ५६७९७नम्बरबाट ना६ख ५६३५ नम्बरको ट्रकमा पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डलको भन्सार महशुल बुझेको छ । मा मनकामना ईन्टरनेशनलले आयात गरेको उक्त कपडा दहाल कमिशन एजेण्ट मार्फत भन्सार भएको थियो । यी दुवै प्रज्ञापन पत्रबाट भैरहवा भन्सार कार्यालयले ४ लाख ३७हजार ७ सय ६१ रुपैया र ३ लाख ६२ हजार ९ सय ४३ रुपैया भन्सार महशुलपनि असुली गरेको छ ।
साउन २६ गते नै गते भन्सार कार्यालयले प्रज्ञापन पत्रनम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना ४ख४१२६ नम्बरको ट्रकमा पनि सोही कपडाहरुको समान भन्सार महशुल लिएको देखिएको छ ।
भैरहवा भन्सार कार्यालयले ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको कपडाको भन्सार गरि सोही ट्रकको प्रज्ञापन पत्रबाट ना ४ख ४१२६ नम्बरको ट्रकपनि छिराउन खोजे पछि केही भन्सार कर्मचारीहरुले असन्तुष्टिका कारण घटना बाहिर आएको हो । बाहिर गई सकेको ट्रक राती साढे ८ बजे फेरी भन्सारमै फर्काएर ल्याईएको थियो । भैरहवा भन्सार कार्यालयका माथिल्ला तहका कर्मचारीहरुको मिलेमतोमै यस्तो कारोबार हुने गरेको आरोप लाग्दै आई रहेको छ । यो घटनामा पनिभन्सार अधिकृत मन बहादुर विश्वकर्माले दुईवटै प्रज्ञापन पत्रमा हस्ताक्षर गरेका छन । उनले आफुले ना६ख ५६३५ नम्बरको ट्रकमात्र चेकजाच गरेको बताए । “अर्को ट्रकको प्रज्ञापनमा कसरी हस्ताक्षर आयो ?” भन्ने प्रश्नमाउनले यो अनुन्धानको बिषय रहेको प्रतिक्रिया दिए ।
दहाल कमिशन एजेण्ट र भन्सार अधिकृतहरुको मिलमतोमाअहिले पनि अवैध रुपमा समान छिराउन खोजे पछि अहिले पनि केही कर्मचारी असन्तुष्ट भए र उक्त घटना बाहिर आएको हो ।
ना४ख ४१२६ नम्बरको ट्रकमा रहेको समान अहिले पनि करौडौ रुपैयाको रहेको श्रोतको दावी छ । तर उक्त समानको मूल्यन्यून देखाउदै दुईवटा प्रज्ञापन पत्रबाट ८ लाख७ सय ४ रुपैया मात्रअसुलीभएको देखिन्छ । उक्त रकम पनि नतिरी ट्रकलाई उम्काउन खोजिएको थियो ।
ना४ख ४१२६ नम्बरको ट्रकमा रहेको समानको प्रज्ञापन पत्र देखिए पनि भन्सार कार्यालयको कुनै पनि कम्युटरमा सो को ईन्ट्रि भएको देखिदैन । भन्सार एजेण्ट र स्वयम प्रमुख भन्सार अधिकृतकै अनुसार एउटै प्रज्ञापन पत्रनम्बरबाट दुई वटा गाडीको भन्सार तिर्न मिल्दैन । प्रमुखभन्सार अधिकृत भुपालराज शाक्यले “कहिकतै”बदमाशीभएको स्विकार गर्दै यस बिषयमा गहन अनुसन्धान गर्ने बताए ।
 
भन्सार कार्यालयमाबाहिर आएको यो त नमूना घटना मात्र हो । मालदार अड्डाको रुपमा परिचित यो कार्यालयबाट यसरी “सियो देखाएर हात्ती छिराउने ”काम त दैनिक रुपमाहुने गरेको नाम उल्लेख नगर्ने शर्तमाभन्सार कार्यालयकै असन्तुष्ट कर्मचारी बताउछन ।

 

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 16 दिन अगाडी

1j2Q9c http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

dyfvsch लेख्नुहुन्छ | 14 दिन अगाडी

LVkrvq <a href="http://tuixvhdpqqzv.com/">tuixvhdpqqzv</a>, [url=http://vkevdnwfjmyz.com/]vkevdnwfjmyz[/url], [link=http://qdapbxurgijh.com/]qdapbxurgijh[/link], http://ntxhpextjjti.com/

To Top