बुटवल, भदौ ४। रैनादेवी इन्टरनेश्नल एजुकेशन प्रा.लि . बुटवलले शैक्षिकमूलक तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्ष मा झै यस वर्ष पनि बिद्यार्थीहरुका बिचमा आत्मियता र भाइचाराको सम्बन्ध बिस्तारका लागी कार्यक्रमको आयोजना गरिएकोे रैनादेवी इन्टरनेश्नल एजुकेशन प्रा.लिका प्रबन्ध निर्देशक तिलकराम पाण्डेले जानकारी दिनुभयो ।
तीज मिलन कार्यक्रममा पूर्व सभासद रामचन्द्र भट्टराईले तीज पर्वको मौलिक संस्कृतिको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो । उंहाले तिज पर्वको मौलिक पक्षका बारेमा बिद्यार्थीहरुमा ज्ञान आवश्यक रहेको औल्याउनुभयो । उहाले हरेक महिलाहरुलाई आफ्नो हक अधिकारमा सक्रिय भएर लाग्न पनि आग्रह गर्नुभयो । उहांले पछिल्लो समय अधिकाश महिलाहरु असुरक्षित हुदा महिलाका घटना बढी रहदा सम्पूर्ण महिलाहरुलाई सचेत रहन र आफु हिंसामा नपर्न पनि आग्रह गर्नुभयो ।

त्यस्तै क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी नायब उपरिक्षक मेघराज कंडेलले विद्याार्थीहरुलाई निरन्तर संघर्ष बिना कुनै पनि कार्यमा सफलता प्रात्त गर्न नसकिने भन्दै लगनशिलताका साथ लाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । हरेक व्यक्तिले निरन्तर लगाव, तत्परता र अन्तरइच्छा भएमा मात्र सफलता प्रात्त गर्न सकिने कुरामा जोडदिनुभयो ।

कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका प्रध्यापक दिवाकर रेग्मी, सीताराम भट्टराई , गोविन्द ज्ञवाली, चार्टर एकाउण्टेण्ट प्रमोद पन्थी, बुटवल जेसिजका इन्टरटेन्मेन्ट डाइरेक्टर दिनेश खड्का, समाजसेवी सिता खनाल, माधव पन्थ , सुमन थापा , मिरा भण्डारी , गीता सापकोटा, सुष्मा थापा, सुलोचना खनाल लगायतले बोल्नु भएको थियो । कार्यक्रम लोक दोहारी प्रतिष्ठानका सदस्य गायीका रेनुका भट्टराईले र कलाकार सिक्षा पोख्रेलले बिभिन्न प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए । प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत गिरीराज पाण्डेको संचालनमा भएको कार्यक्रममा विद्याार्थी सुनिल गुप्ताले स्वागत गर्नुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू