समाचार / रोजगार

 २ लाख लगानीमा मासिक ५० हजार कमाउने व्यवसाय

कार्तिक ९ २०७४     .
1516026782typhhon

विश्वका हरेक देशको विकासको इतिहासलाई हेर्ने हो भने हरेक देशका आआफ्नै बिशेषता छन । त्यस मध्ये पनि अहिलेका विकसित देशहरु अमेरिका अष्ट्रेलिया, यूरोप, क्यनडा, दक्षिण कोरिया, कतार जस्ता मुलुकको विकासको आधार श्रम र रोजगारी नै हो भन्दा फरक नपर्ला । तर नेपालमा भने हामी धेरैपटक विकासका कुरा ग-यौं, समृद्धिका कुरा ग-यौ तर बर्षोदेखी नेपालको उर्वर युवाजनशक्ति पासपोर्ट बोकेर एयरपोर्टमा लाम लगाउने बाहेक सोचेनौं । यसरि बिदेशिने युवाहरुबाट रेमिट्यान्स भित्रियो र जसले तत्कालिन रुपमा पारिवारिक गर्जो टार्ने बाहेक दिर्घकालिन व्यवस्थापन गर्न सकेन । यहाँ हामी केही यस्ता पेशा र व्यवसायको चर्चा गदैछौ जसमा बिशेषत खाडी मुलुक जाने लाग्ने खर्च लगानी गरेर मेहेनत गरे मासिक खाडीको भन्दा निक्कै राम्रो कमाई नेपालमै सम्भव छ । हेर्नुहोस केही यस्ता व्यसाय जसमा १ देखी २ लाखमात्रै लगानी गरेर महिनाको ५० देखी ८० हजारसम्म कमाउन सकिन्छ ।

चिया तथा कफि सप

तपाईसँग काम गर्ने जोश र जाँगर छ भने सानो लगानीमा मनग्ये आम्दानी गर्ने एउटा व्यवसाय चिया तथा कफि सप हुन सक्छ । तर यो व्यसाय गर्दा तपाईले निक्कै ध्यान दिनुपर्ने हुन्छ । चिया तथा कफि सप सञ्चालन गर्दा सबैभन्दा पहिले मानिसको चाप हुने स्थानको छनौट गनुपदर्छ । यो निक्कै सानो लगानीमा शुरु गर्ने व्यवसाय भएकाले यसका लागी न्युतम भाडा तिर्ने स्थानको छनौट गर्नुपर्ने हुन्छ ।
चिया पसल नेपालको परम्परागत पेशा भएकाले यसलाई केही फरक बनाउन तपाई सरसफाई र स्वादमा बिशेष ध्यान दिनुपर्ने हुन्छ भने । चिया पसल गर्ने ठाँउ उपयुक्त भए २ लाखसम्म लगानी गर्दा दैनिक ३ हजारसम्म कमाउन सकिन्छ ।

कुखुरा तथा हाँस जस्ता पक्षिंजन्य व्यवसाय

तपाई बस्ने ठाँउमा केही खुल्ला स्थान छ भने तपाई त्यो स्थानमा कोइलर जातका १० देखी १ सय सम्म आफनो स्थानअनुसार कुखुरा तथा हाँस पाल्नुभयो भने तपाईले दैनिक १ हजार देखी ९ हजारसम्म कमाउन सक्नुहुनेछ । यसबाहेक बनमा पाईने कालिजलाई घरमा उत्पादन तथा बिक्री गर्न चलन पनि अहिले नेपालमा शुरु भएको छ । यस्ता काम गर्दा कहिलेकाँही रोग लाग्न स्याल कुकुरका कारण क्षति व्यर्होनुपर्नेसम्म पनि हुन सक्छ यस्तो अवस्थामा तपाई आफै केही ज्ञान लिनुपर्ने हुन्छ । जुन पशु सेवा कार्यलयमा मार्फत बेला बेला प्रदान गरिन्छ ।

साना पशुपालन व्यवसाय

तपाईले निक्कै सानो लगानीबाट नेपालमै प्रशस्त आम्दानी गर्न सकिने पेशा व्यासाय पशुपालन अन्र्तगत पनि धेरै छन । घरको सानो ठाँउमा बाख्रा तथा खरायो पालनले सानो लगानीमा मनग्ये आम्दानी दिन सक्छ भने । पछिल्लो समय शहरी क्षेत्रमा कुकुर पाल्ने सोख राख्नेहरुको सङख्या बढेर गएकाले कुकुरको प्रजननमार्फत पनि मानिसले मनग्ये आम्दानी गर्ने गरेका छन । कुकुरका उन्नत जातको बच्चा उत्पादन गर्ने र बिक्री गर्नेहरुले पनि अहिले प्रशस्त आम्दानी गर्ने गरेका छन । यसबाहेक तपाई तराई क्षेत्रमा वा प्रशस्त चरन क्षेत्रभएको ठाँउमा हुनुहुन्छ भने थोरैले मात्रै सोचेको भैसीका पाडा पालेर पनि प्रशस्त आम्दानी लिन सकिन्छ ।

इलेक्ट्रोनिक्स सामानको मर्मत तथा बिक्री

२ लाख लगानीबाट प्रशस्त पैसा कमाउन सकिने यो पेशा पनि नेपालको निक्कै सम्भावना बोकेको पेशा हो । यो पेशाका लागी कुनै चोक सटरमार्फत अथवा घरबाटै सर्भिस दिएर समेत पैसा कमाउन सकिन्छ । यसमा फेन, कुलर, वाटर हिटर, रुम हिटर बोर्ड, प्लग, स्वीच, बल्ब, सिएफएल तथा इलेक्टिक वायर जस्ता सामानहरुको होम डेलिभेरी तथा मर्मत गर्न सकिन्छ । यो पेशामा हातको सिपको पैसा आउने भएकाले यो व्यवसाय पनि नेपालमा सानो लगानी गरेर मनग्ये आर्जन गर्न सकिने व्यसाय अन्र्तगत पर्दछन ।

सवारी साधनको सफाई तथा मर्मत

पछिल्लो समय मानिसको व्यस्त दैनिकीसँगै सवारी साधन प्रयोग गर्ने मानिसहरु बढेका छन । गाँउगाँउसम्म यातायातको सुविधा पुगेपछि सबैजसो देशका कुनाकाप्चासम्म सवारी दुईपाँग्रे तथा चारपाँग्रे पुगेका छन । तर अहिले यसको मर्मतसम्भार र सरसफाईको काम गर्ने मानिसको निक्कै अभाव छ । यस्तो अवस्थामा थोरै लगानीबाटै मनग्ये आर्जन गर्नसक्ने व्यसायका रुपमा यसलाई लिन सकिन्छ । अझै बढि २ लाखसम्म लगानी गर्न सके व्यवसायीक अटो रिपेयर सेन्टर अथवा ग्यारेज पनि कम लगानीमा राम्रो कमाई हुुने व्यवसाय हो । खासगरी ठूला र साना शहरमा यस्ता सेन्टरहरुको निकै ठूलो माग छ ।

ट्रेकिङ गाईड तथा पर्यटन सेवा केन्द्र

नेपालमा धेरै पर्यटकीय क्षेत्र छन । भन्दा सुनेका आधारमा वा फोटो भिडियोमा देखेका आधारमा नेपालमा बर्षेनी लाखौं बिदेशीहरु नेपालको सुन्दरता हेर्न आउछन । तर सेवा दिने सजिलो माध्यमका अभावमा र प्रशस्त जानकारीका नहुदाँ नेपालमा आउने पर्यटकहरु केही सिमित स्थानमा घुमेर फर्र्कने गरेका छन । तर नेपालमा भरपर्दो एवं सुरक्षित रुपमा पर्यटकहरुलाई सेवा दिने खालको केन्द्र सञ्चालन गर्न सके यसले व्यक्तिगत रुपमा र राष्ट्रिय पर्यटन पर्वद्धनमा समेत बिशेष टेवा पु¥याउन सक्छ । जसका व्यवसाय निक्कै कम लगानीमा मनग्ये आम्दानी गर्ने गर्ने व्यवसायका रुपमा लिन सकिन्छ ।

यि त प्रतिनिधी केही व्यवसायमात्रै हुन । यसबाहेक नेपालमा यस्ता हजारौं व्यवासय छन जसले सानो लगानीमा मनग्ये आम्दानी दिन सक्छ ।

नेपालमा यस्ता प्रशस्त सम्भावान भएर पनि बिदेशी भूमिमा पसिना बगाउन बाध्ये नेपाली युवा जनशक्तिलाई नेपालमै फर्काएर यस्ता व्यवसायतर्फ आर्कषित गर्न सरकारले पहल गर्नुपर्दछ ।

स्वदेशमै व्यवसाय गर्न चाहानेलाई न्युन व्याजदरमा ऋण, सुरक्षाको ग्यारेण्टि , आवस्याक तालिमको व्यवस्था, कर्मचारी र सुरक्षाकर्मीले दिने अनावस्याक झण्झट आदिको अन्त्य हुनुपर्दछ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top