समाचार / लायन्स विशेष

बुटवलमा लायन्स क्लवले मधुमेह शिविर सञ्चालन गर्ने

कार्तिक २३ २०७४     .
Images


बुटवल, कार्तिक २३ गते 
विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ जोन् ५६ ले विशेष अभियान सञ्चालन गर्दैछ । कार्तिक २८ देखि बुटवलका तीनवटा वार्डमा “नियमित रक्त जांचको उपहार, स्वस्थ्य जीवनको आधार” भन्ने नाराका साथ यही २८ गते बुटवल उपमहानगरपालिका वडा नं. २ को कार्यालय, २९ गते वडा नं. १ को सामुदायिक स्वास्थ्य भवनको प्रांगण र ३० गते वार्ड नं. ११ को सामुदायिक स्वास्थ्य भवनको प्रांगण बुद्घनगरमा निशुल्क रक्त परिक्षण  गरिने भएको छ ।

विहान ७ वजेदेखि शुरु हुने रक्त परिक्षणमा उपस्थितिका लागि वार्ड कार्यालय र सामुदायिक स्वास्थ्य स्वयंसेविकासंग पनि सहकार्य गर्न लागिएको जोन संयोजक सूर्यबहादुर भट्टराईले वताउनुभयो । २८ कार्तिकलाई विश्व मधुमेह दिवसको रुपमा मनाउने गरिन्छ ।
लायन्स क्लव इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष वव कार्लोले सुगर रोगलाई उच्च प्राथअिकता दिएर अभियान थाल्नुपर्ने विचार ब्यक्त गर्नुभएको कुरालाई स्मरण गर्दै भट्टराइले यो शिविर प्रारम्भमात्र भएको वताउनुभयो ।
सुगर रोगको प्रभाव विश्वभरी र दक्षिण एशिया हुदै नेपालसम्म आइपुग्दा भयानक हुदै गएको मात्र छैन, विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारमा ३८ करोड ब्यक्ति यसवाट प्रभावित छन । सन् २०१३ मा ५१ लाखको ज्यान सुगरकै कारण गएको थियो । अहिलेको ताजा तथ्यांक अनुसार हरेक ६ सेकेण्डमा एकजनाको मृत्यु  सुगरकै कारण हुन्छ । 
सुगर रोगका सन्दर्भमा विर्सनै नहुने तथ्य के छ भने आगामी १० वर्षभित्र संसारभरिका सुगर रोगीहरुमध्ये ९० प्रतिशत दक्षिण एशिया र त्यसमा पनि भारतको वरिपरि हुने अनुमान गरिएको छ । यस अर्थमा पनि “नियमित रक्त जांचको उपहार, स्वस्थ्य जीवनको आधार” भन्ने नारालाई सार्थक वनाउने गरि राखिएको शिविर समय सापेक्ष छ भन्न सकिन्छ । यो जोन अन्तर्गत् लायन्स क्लव अफ रुपन्देही, लायन्स क्लव अफ सेन्ट्रलपार्क,लायन्स क्लव अफ दाउन्ने नवलपरासी र लायन्स क्लव अफ कपिलवस्तु छन् ।


 

0 प्रतिकृयाहरू प्राप्त

To Top