कतारले न्यूनतम तलब बढायो, नेपालीको २० हजारमथि पुग्ने

अर्थ मंसिर १ २०७४ .
Katar


 काठमाडौँ, मंसिर १

आप्रवासी कामदारमाथि शोषण भएको भन्दै आलोचना खेपिरहेको कतारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ।

कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको ‘दि न्यु अरब’ समाचार बेवसाइटले जनाएको छ।

कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुनेछन्।अब नेपाली कामदारले पाउने मासिक न्यूनतम तलव २० हजार रुपैयाँ हुने छ।

कतारी श्रममन्त्री इसा अल नउमीले अब यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने आफुहरुले त्यसलाई स्वीकृत नगर्ने बताए। उनका अनुसार अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्नेछन्।

कतारी श्रममन्त्रीका अनुसार यो तलव अस्थायी रुपमा तोकिएको र न्यूनतम तलबको समिक्षा गरी पुनः बढाएर स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको छ।

सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो।

विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादीको आलोचना पछि स्न २०१५बाट श्रम मामिलामा सुधारको थालेको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top