पोषणको मामिलामा चना बदाम जस्ता महंगा डाइफ्रुट भन्दा पनि धेरै फाइदाजनक हुन्छ । चिकित्सकहरुकाअनुसार भिजाएको चनामा प्रोटिन, फाइबर, मिनरल, र भिटामिन को भरपुर मात्रा हुन्छ जसो धेरै रोगहरुबाट बचाँउछ र स्वस्थ रहनको लागि धेरै नै मद्धत गर्छ ।
कसरी भिजाउने ?
एक मुठ्ठी चना लिएर त्यसलाई सफा गर्नुहोस । यसलाई सफा माटोको भाडा वा चिनियाँ माटाको भाँडामा राखेर माथिबाट सफापानी राख्नुहोस् र चना राम्रोसँग भिजाउनुहोस् । रातभर चनालाई यस पानीमा भिजी रहन दिनुहोस् । बिहान चना निकालेर चपाइचपाइ खानुहोस् । चनाको पानी पनि छानेर पिउन सक्नुहुन्छ ।
१. तागतिलो स्फुर्ती बढाउँछ ।
भिजाइएको चना तागतर स्फुर्तीको धेरै ठूलो स्रोत हो । यसलाई नियमित खानाले कमजोरी टाढा भाग्छ ।
२. बढ्छ प्रजनन क्षमता
सधैं बिहान बिहान एक मुठ्ठी भिजाएको चना मह सँग खाएमा प्रजनन क्षमता बढ्छ ।
३. बढ्छ स्पर्म काउन्ट
विहानै १ चम्चा सख्खरको साथमा एक मुठ्ठी भिजाएको चना खानाले पुरुषको स्पर्म काउन्ट बढ्छ ।
४. कब्जियतबाट राहत
भिजाएको चनामा धेरै फाइबर हुन्छ । यसले पेट सफा गर्छ र पाचन क्षमता राम्रो बनाँउछ ।
५. मुत्रसम्बन्धी समस्या हटाउँछ
भिजाएको चनासँग सख्खर वा खुदो खानाले बारम्बार पिसाब लाग्ने समस्या ठिक हुन्छ । यसले पाइल्सबाट पनि राहत मिल्छ ।
६. स्वस्थ छाला
नुन नराखिकन राम्रोसँग चपाएर खाएमा छाला स्वस्थ र चम्किलो हुन्छ । चिलाउने, एलर्जी जस्ता छालाको समस्या टाढा हुन्छ ।
७. तौल बढ्छ
चनाले शरिरमा मासु बढाउन पनि धेरै सहयोग गर्छ । नियमित भिजाएको चना खानाले तौल बढ्छ र मांसपेशी बलियो हुन्छ ।
८. सर्दि–रुघादेखि बचाउँछ
चनाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाँउछ । विहानविहान नियमित भिजाएको चनारुघा खोकी, सर्दी जस्ता बिरामीहरुबाट बच्न सकिन्छ ।
९. सुगर कन्टोल
भिजाएको चना नियमित खानाले मेटाबोलिजम तेज हुन्छ । यसले सुगर नियन्त्रण हुन्छ र डायबिटिजबाट बचाउँछ ।
१०. रगतको कमी हुने समस्या टाढा हुन्छ
चनामा आइरनको धेरै ठूलो स्रोत हो । यसले रगतको कमी हटाँउछ र ब्लड प्युरिफाइपनि गर्छ ।
प्राप्त प्रतिकृयाहरू