एजेन्सी। थाइल्यान्डका राजा महा वजिरालंगकर्नले विवाह गरेका छन् ।
राजा वजिरालंगकर्णले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएको विवाह समारोहबाट सबै आश्चर्यमा परेका छन् । विवाह समारोहको दृश्य थाई टेलिभिजनबाट बुधबार बेलुकामात्रै देखाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
६६ वर्षीय राजा वजिरालंगकर्न थाइल्यान्डमा लोकप्रिय मानिँदै आएका छन् । सन् २०१६ मा उनका पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि उनी राजा भएका हुन् । सन् २०१४ मा राजा वजिरालंगकर्नको अंगरक्षकको टिममा समावेश भएकी थिइन् । सुथिडा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् । राजा वजिरालंगकर्नको यसअघि तीन जनासँग विवाह भएको थियो । तीनै जनासँग सम्बन्ध विच्छेद पनि भैसकेको छ ।
प्राप्त प्रतिकृयाहरू