बुटवल, श्रावण २७
मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको छ । कुनै जाति विशेषले मनाउने पर्व र उत्सव अहिले सबैका साझा पर्व भएका छन् । सुमदाय विशेषका पर्व साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद विषय हो भन्दै मुख्यमन्त्रीले सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएर मुलुकलाई एकताको मालामा बाँध्न यी पर्वले महत्वपूर्ण भूमिका खेलेको वताउनुभएको छ । बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक छ, उहाँले भन्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जात—जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको छ । अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि पनि संविधानमा आवश्यक प्रबन्ध गरिएको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्थाले मुस्लिम समुदायप्रति सम्मान व्यक्त भएकोे छ । तीन तहको चुनाव सम्पन्न भएपछि मुलुकमा संविधान कार्यान्वयनको व्यवहारिक अभ्यास भइरहेको छ । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण तयार हुने छ । सबैले अधिकारको व्यवहारिक रुपमा उपभोग गर्न पाउँदा लोकतान्त्रिक शासन व्यवस्थाप्रति अपनत्व महशुस हुने वातावरण बन्नेछ ।
प्राप्त प्रतिकृयाहरू