नगरपालिकावाट ३ लाखको अक्षयकोष स्थापना, ५ लाख राहत
बुटवल, ६ भदौ ।
पत्रकार डायलसन अधिकारी निधन भएको सातौं दिनमा तिलोत्तमा नगरपालिका, नेपाल पत्रकार महासंघक रुपन्देही, र नेपाल प्रेस युनियन रूपन्देहीले उनको निवास तिलोत्तमा ३ मा श्रद्धाञ्जली सभा गरेका छन् ।
सभामा बोल्ने बक्ताहरूले निष्ठावान पत्रकार अधिकारीको निधनले पत्रकारिता जगतमा नै ठूलो क्षति पुगेको बताएका छन् ।
सो अवसरमा पत्रकार महासंघको तर्फवाट अध्यक्ष यानेन्द्र जीसीले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै केही संघ सस्थाको तर्फवाट थप सहयोगका लागि पहल भइरहेको वताए ।
त्यस्तै नगरपालिकाले आयोजना गरेको शोकसभामा ‘डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको जानकारी नगरप्रमुख वासुदेव घिमिरेले दिए ।
‘पुरस्कारका लागि नगरपालिका, पत्रकार महासंघ रुपन्देही र अधिकारी परिवारका प्रतिनिधि रहेको छनोट समिति र कार्र्यिवधि बनाइने छ ।’
अक्षय कोषको ब्याज आम्दानीबाट प्रत्येक वर्ष एकजना उत्कृष्ट पत्रकारलाई कम्तीमा २५ हजार राशीसहित उक्त पुरस्कार दिइने छ ।यस्तै अधिकारीको परिवारलाई राहतस्वरुप पांच लाख रुपैयां तत्काल दिने निर्णय पनि नगरपालिकाले गरेको छ ।
नगरपालिकाले स्वर्गीय अधिकारीकी श्रीमतीलाई नगरपालिकामा योग्यता अनुसारको जागिर र एक छोरा तथा एक छोरीलाई स्नातक तहसम्म रुपन्देहीका शिक्षणसंस्थामा निःशुल्क पढाइदिने निर्णय पनि गरेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
यसैगरि नेपाल प्रृु युनियनले पनि शोकसभा गरेको छ । सो अवसरमा सभापति रेखा भुसाल, सल्लाहकार हरि लम्साल, पत्रकार महासंङ्ग रूपन्देहीका सचिब रामप्रसाद आचार्य , युनियन सचिब श्यामशंकर पाण्डे लगायतले बोल्दै अधिकारीले गर्दै आएको मर्या्दित, निष्पक्ष र सन्तुलित पत्रकारिता अनुशरण योग्य भएको बताएका थिए ।
पत्रकार अधिकारीको तिलोत्तमा नगरपालिकाले आउँदो असोज दोस्रो हप्ता आयोजना गरेको लगानी सम्मेलनका विषयमा उद्योगी(व्यवसायीसँग छलफलका लागि पूर्वी नेपालमा जाने क्रममा गत शनिबार सप्तरीमा दुर्घटनामा परी मृत्यु भएको थियो ।
प्राप्त प्रतिकृयाहरू