पूर्व मन्त्रीका स्वकीय सचिवले सियारीको ४ विगा वढी जग्गा आफ्नो नाममा वनाएको पुष्टि

राजनीति भाद्र २६ २०७६ ekhabarnepal
Siyari gaupalika e1568199584413


बुटवल भदौ २६ ।
नेपाली कांग्रेसका जिल्ला अध्यक्ष अब्दुल रज्जाक मन्त्री हुँदा उनका स्वकीय सचिव रहेका साविक केरवानी–२ का विशाल तामाङ्गले सियारी गाउँपालिका– १ को ४ विगाहा ६ कठ्ठा ९ धुर सार्वजनिक जग्गाको जग्गा धनी प्रमाण पूर्जा निकालेको रहस्य अहिले आएर सार्वजनिक भएको छ । 
उनले शक्तिको दुरुपयोग गरि पूर्जा निकालेको तथ्यलाई तोडमरोड गर्दै उल्टै गाउँपालिका लाइनै आरोप लगाएपछि यस विषयमा पालिकाले स्पष्ट पारेको छ । पालिका अध्यक्ष अयोध्या थारुको विरोधमा केही दिन यता नेपाली कांग्रेसले विरोध गर्दै आइरहेको छ । चिलिया माविले भोगचलन गर्दै आइरहेको सो जग्गा तामाङ्गले भैरहवा मालपोत कार्यालयवाट २०७१ माघ १८ गते आफ्नो नाममा वनाएका थिए । विडम्वना के छ भने मालपोतको श्रेस्तामा मिसिल नं. २८ वाट विशाल तामाङ्गको नाममा नामसारी भएपनि सो मिसिल गायव गरिएको छ । अहिले मालपोत कार्यालयकै कर्मचारी अन्यौलमा देखिन्छन् ।  
उक्त जग्गा के कसरी उनको नाममा गयो भन्ने कुरा स्वयं विशाल तामाङ्गले भन्न चाहाँदैनन् । जग्गा आफ्नो भएको भन्दै तामाङ्गले खोज्ने काम गाउँपालिकाको भएको वताउँछन् । यसवाट पनि उनले गलत गरेका छन् भन्नलाई आधार मिल्ने तर्क अध्यक्ष अयोध्या थारुको छ ।
यस विषयलाई स्थानीय नेपाली कांग्रेसले गाउँपालिकालाईनै दोष दिँदै आएको छ । अन्य कतिपय गलत कामको भण्डाफोर हुने देखेपछि कांग्रेसले यस्तो नाटक गरेको हुन सक्ने अनुमान अध्यक्ष थारुको छ । हालै नेपाली कांग्रेस सियारी गाउँ समितिले गाउँपालिकाले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता सिफारिस गरेको आरोप लगाउँदै ज्ञापनपत्र समेत बुझाएको थियो ।

गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले बिना प्रमाण जनतामा भ्रम र अशान्ति फैलाउन आफूहरूलाई आरोप लगाएको बताएको छ ।
गाउँपालिका अध्यक्ष अयोध्या थारूले सार्वजनिक जग्गा व्यक्तिको नाम दर्ता गराएको भन्ने आरोप निराधार रहेको बताउँदै सियारी–१ (साविक चिल्हिया–९) को कित्ता नम्बर ४५ को ४–९–६ जग्गा दर्ताको विषयमा गाउँपालिकाले दर्ता गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको बताए ।
‘गाउँपालिका गठन नहुँदै दर्ता भएको अभिलेखबाट स्पष्ट देखिँदा देखिँदै सर्वसाधारण जनतामा भ्रमपूर्ण अफवाह, अशान्ति फैलाई निर्वाचित जनप्रतिनिधि तथा गाउँपालिकामाथि यस्ता आरोप लगाउन उपयुक्त देखिँदैन’ थारुको भनाइ छ ।
उनले थपे, ‘तत्कालिन गाविस छँदै भएको भएको घटना भए पनि यसलाई गम्भीरता साथ लिई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएका छौं, उक्त जग्गा सार्वजनिक हो ।’
नेपाली कांग्रेसले सियारी–३ भैसाखादरमा गुठीको नाममा रहेको जग्गामा पनि गलत दुष्टिकोण वनाएको छ । हालसम्म गुठीकै अधिनमा रहेको सो जग्गा विदेशी संघ संस्थाहरुलाई दिने गरि गाउँपालिले सम्झौता गरेको आरोप गलत रहेको थारुले बताए । ‘मठ मन्दिर संरक्षण सम्बद्र्धन गरी गुठीको बाँकी जग्गा गाउँपालिकाले व्यवस्थित गर्ने तर्फ पहल गरेको छ’ अध्यक्ष थारूले भने । गुठीको जग्गा गुठीको सहमति विपरित केही गर्न सकिदैन ।

प्राप्त प्रतिकृयाहरू

To Top