काठमाडौं,असोज १५ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामाको भाषामा असहमति प्रकट गरेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले दोस्रो पत्र बुझाएका छन् ।
मङ्गलबार महराले छानबीन प्रक्रिया नसकिँदासम्मका लागि भन्ने शर्त राखी राजीनामा पत्र दिएका थिए । सो पत्र प्रमुख स्वकीय सचिव सागर केसीमार्फत उपसभामुख तुम्बाहाम्फेलाई पत्र बुझाएका थिए ।
उपसभामुख तुम्बाहाम्फेले भाषा अस्वीकार गरेका कारण संसद् सचिवालयलाई सूचना टाँस गर्नसमेत निर्देशन दिएकी थिइनन् ।
बुधबार भाषा सच्चिएर आएरपछि सूचना टाँस गरिएको हो । दोस्रो राजीनामा पत्रमा नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भन्ने बेहोराको पत्र आएपछि स्वतः राजीनामा स्वीकृत भएको छ ।
संसद् सचिवालयले टाँस गरेको सूचनामा पनि राजीनामाको सोही भाषा उल्लेख छ ।
प्राप्त प्रतिकृयाहरू