काठमाडौं,असोज १७ । राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराको घटना अनुगमन गर्न उच्चस्तरीय टोली गठन गरेको छ ।
१२ असोज राति संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीको कोठामा उनीमाथि बलात्कार भएको भनिएको घटनाको अनुगमन गर्न आयोगले आज तीन सदस्यीय अनुगमन टोली गठन गरेको हो ।
आयोगले सो घटना सम्बन्धमा शुरूदेखि नै सञ्चारमाध्यममा आएका सूचनाको अनुगमन गरिरहेको उल्लेख गर्दै विस्तृत अनुगमन गर्न टोली गठन गरेको जनाएको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले हालसम्म गरेका कामकारबाहीबारे जानकारी गराउन पत्राचार गरेको उल्लेख छ ।
त्यसैगरी, पीडित महिला र घटनाको समाचार पहिलोपटक सार्वजनिक गर्ने पत्रकारको सुरक्षाको विषयमा पनि आयोगले चासो देखाएको छ ।
प्राप्त प्रतिकृयाहरू