काठमाडौं,असोज १८ गते । यौन दुब्र्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको समाचार सार्वजनिक भएको छ ।
अनलनइन खवरले प्रकाशित गरेको समाचार अनुसार
जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् ।
यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएपनि पछि उनैले सो कुरा गलत भएको वताउँदै आएकी थिइन् ।
महराको राजीनामा आएसँगै उनले वावु छोरीजस्तो सम्वन्ध भएको बयान दिएकी थिइन् । श्रीमान्सँग छलफलपछि मात्र्र े निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् ।
उनले ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै उजुरी दिन मानेकी थिइनन् । यसवीचमा दुवैले सम्वन्ध विच्छेद गर्ने सहमति भएको हस्तलिखतसमेत फेसवुकमार्फत् सार्वजनिक गरेका थिए ।
जोहरी नपरेका कारण कारवाही गर्न समस्या रहेको वताएको प्रहरीले अव के गर्ला ? यो प्रश्न उठेको छ । हिजोनै मानवअधिकार आयोगले निगरानीका लागि समिति गठन गरेको थियो । पार्टीले सांसदवाटसमेत राजीनामा दिन गरेको आग्रहलाई वेवास्ता गरेका महरा अव भने सांसद रहने सम्भावना देखिदैन ।
प्राप्त प्रतिकृयाहरू