काठमाडौं, असोज २१
आज (मंगलबार) दसैंको मुख्य दिन विजया दशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी हर्षाेल्लासपूर्वक मनाइँदै छ।
टीका लगाउने उत्तम साइत अहिले बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार देवी विसर्जनको साइत अहिले बिहान ८ः४५ बजे छ।
समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार साइत खोज्नेका लागि बिहान १०ः३५ बजे टीकाको उत्तम साइत रहे पनि विजयादशमी आफैंमा शुभ दिन भएकाले आज दिनभर टीका लगाउन सकिन्छ।
आज (मंगलबार) चन्द्रमा मकर राशीमा रहेकाले टीका थाप्ने मानिस पूर्व र लगाइदिनेले पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने विश्वास छ।
यस्तै अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देश विदेशमा रहेका नेपालीका लागि देशअनुसार कति बजे टीकाको शुभ साइत छ ।
प्राप्त प्रतिकृयाहरू