महराको सांसद पद निलम्बनमा

राजनीति असोज २३ २०७६ ekhabarnepal
71928733 2522934201132402 2606346065435164672 n

 काठमाडौं ,असोज २३। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् । अब उनको सेवासुविधा पनि रोक्का हुनेछ ।

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।

महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ । १५ असोजमा सभामुख पदबाट राजीनामा दिएका उनी १८ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top