काठमाडौं,कार्तिक ८ । रौतहटको राजपुर बम काण्डका मुख्य योजनाकार भनिएका सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालतले म्याद थप गरेको छ । जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि ८ दिनको म्याद थप गरेको हो ।
न्यायाधीश केशवकुमार पाण्डेको एकल इजलासले आलमलाई अनुसन्धानको लागि म्याद थप भएकाे छ ।
असोज २६ गते आलमलाई पक्राउ गरी प्रहरीले साबिती बयान लिइरहेको छ ।
चुनावका बेला जिउँदै मान्छेलाई इँट्टा भट्टामा हालेर जलाएको आरोप उनीमाथि छ ।
प्राप्त प्रतिकृयाहरू