काठमाडौं,कार्तिक ८
ग्लोबल आईएमई बैक र जनता बैंक नेपाल मर्जर भएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गरे। दुवै बैकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु गर्नेछन्।
यी दुई बैकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आईएमई बैक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ।
हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैकका अध्यक्ष ढकालले मर्जर पछि ग्लोबल आईएमई बैक सबै भन्दा ठुलो बैक भएकाले निकट भविष्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताए।
मर्जर पछिको बैकको संञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताकोतर्फबाट दुईजना सदस्य रहने सहमति गरिएको छ। मर्जरपछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब भन्दा बढी र कुल लगानी २ खर्ब पुग्नेछ।
त्यस्तै बैकको शाखा सञ्जाल ३ सयभन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी रहनेछन्।
प्राप्त प्रतिकृयाहरू