काठमाडौं,पुस ६ गते । काठमाडौंको बाँसबारीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, टोलीले ७२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाँसबारीमा रहेका तीनओटा शंकास्पद घरहररूमा आकस्मिक रुपमा छापा मार्दा ७२ जना चिनियाँ नागरिक तथा उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
प्रहरीको संयुक्त टोलीले आज दिउँसो विशेष सूचनाको आधारमा छापा मारेको थियो । ती घरहरुमा शंकास्पद विदेशी नागरिकहरु भएको सूचनाको आधारमा प्रहरीले छापा मारेको एसएसपी थापाले बताउनुभयो । प्रहरीले वित्तीय अपराधमा सलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।
एसएसपी थापाले बैंक ह्याकिङमा संम्लग्नहरुलाई गत भदौमा नियन्त्रणमा लिएको उच्च अदालत पाटनले थुनामा पठाएको समयमा सोही गिरोहसँगको संम्लग्नता हुन सक्ने भएकाले अनुशन्धान थालिएको बताउनुभयो । प्रहरीले अनुशन्धान पश्चात उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।
प्राप्त प्रतिकृयाहरू