काठमाडौँ,पुस ९, २०७६
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको आरोप लगाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार पाटीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले नेपालको शासकीय स्वरुप स्पष्ट नहुँदा प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रयोग गरेको आरोप लगाए ।
‘शासकीय स्वरुप ठिक नभएकाले समस्या भइरहेको छ। प्रधानमन्त्रीद्वारा सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउने काम भएको छ। अब संविधान संशोधन गरेर मुलुकको प्रमुख निर्वाचित कार्यकारी हुने व्यवस्थाबनाउनुपर्छ,’पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘पहिचानको आधारमा संघीयता निर्धारण गर्नुपर्छ। संसद समानुपातिक समावेशी बनाउनुपर्छ।’
समाजवादी पार्टी अब संविधान संशोधनको मुद्दा लिएर आन्दोलनमा जाने भट्टराईलेबताए। ‘संविधान संशोधन सपनाको विषय होइन। अहिलेपनि संविधान संशोधन गर्ने समझदारी गरेर सरकारमा कोही जान्छ भने त्यो उसको मूर्खता हुनेछ,’ भट्टराईले भने, ‘संविधान संशोधन हुने भनेको अब आन्दोलनबाटै हो।’
आन्दोलन सडक र सदनबाट गरिने भट्टराईले बताए। आन्दोलनमा जाँदा विचार मिल्नेसँग सहकार्य गर्ने भट्टराईको भनाई छ।सरकारले कानुन ल्याएर जनताको अधिकार खोस्ने प्रयास गरिरहेकोउनले दाबी गरे।
प्राप्त प्रतिकृयाहरू