बुटवल,पुस २४, ०७६
सियारी गाउँपालिका–३ सित्तलनगरकी ३० वर्षीया चम्पा क्षेत्री कुमाललाई ३२ वर्षीय आफ्नै पति सनी कुमालले हतौडा प्रहार गरी हत्या गरेको छ ।
मंगलवार भएको यो घटनाका अभियुक्त सनीलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ ।
मृतकका माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्ध बुधवार उजुरी दिएका छन् ।
मादक पदार्थ सेवन गरेका आरोपितले परपुरूषसँग सम्बन्ध राखेको आरोपमा विवाद हुँदा हतौडाले टाउको, अनुहार, छाती र पेटमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सात वर्षदेखि रोजगारीकालागि भारतमा बस्दै आएका सनी फर्किएपछि एक महिनादेखि पत्नीसहित सियारी गापा–१ म डेरा गरेर बस्दै आएका थिए ।
शवको पोष्टमार्टम पुस २२ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।
प्राप्त प्रतिकृयाहरू