काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार सम्पन्न ३३४ स्थानीय तहको चुनावमध्ये १०८ स्थानमा अझैं मतगणना सुरु हुन सकेको छैन ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म २२६ स्थानीय तहको मात्रै मतगणना जारी भएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नं. १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं. ७ का ५९ स्थानीय तहको मतगणना शुरु भएको आयोगले जनाएको छ ।
उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका संकलन हुने क्रममा रहेको तथा कपितय स्थानमा विवादका कारण मतगणना हुन नसकेको बताइएको छ ।
निर्वाचन आयोगले चुनाव सम्पन्न भएको एक साताभित्रै सबै तहको नतिजा सार्वजनिक गरिसक्ने बताएपनि निर्वाचन सम्पन्न भएको २४ घण्टा बित्नै लाग्दासमेत १०८ तहमा मतगणना सुरु हुन नसकेको हो ।
हिजो भएको निर्वाचनमा ७३.६९ प्रतिशत मत खसेको थियो ।
प्राप्त प्रतिकृयाहरू