काठमाडौं– बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साढे १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस शीर्ष स्थानमा रहेको छ । ७ स्थानको नतिजा आउँदा कांग्रेसले तीन स्थानीय तह जितेको छ । यस्तै नेकपा एमालेले २ स्थानीय तह जित्दा नेकपा माओवादी केन्द्रले भने एक स्थानीय तह जितेको छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा विजयी उम्मेदवार
१. काडा गाउँपालिका, बझाङ नेपाली काँग्रेसका राजेन्द्र धामी
२. मस्टा गाउँपालिका बझाङ एमालेका कर्णबहादुर कडायत
३ लिखुविके गाउँपालिका, सोलुखुम्बु नेकपा (माओवादी) केन्द्रका डम्बरबहादुर बस्नेत
४. चिचिला गाउँपालिका, संखुवासभा कांग्रेसका नेर्वु शेर्पा
५. जन्तेढुंगा गाउँपालिका, खोटाङ एमालेका शंकर राई
६. शिलिचाङ गाउँपालिका संखुवासभा कांग्रेसका रामबहादुर कुलुङ
७. छेडेदह गाउँपालिका, बाजुरा कांग्रेस, नरबहादुर राउत
यस्तै अग्रताको हिसावले भने नेकपा एमाले शीर्ष स्थानमा रहेको छ । एमालेले ११५ स्थानमा अग्रता बनाउँदा कांग्रेसले १०८ स्थानमा लिड गरेको छ । यस्तै माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले ४ तथा फोरम लोकतान्त्रिकले तीन स्थानमा लिड गरेको छ । यस्तै राप्रपाले पनि दुई स्थानमा लिड गरेको छ ।
बुधबार प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन भएको हो भने मतपरिणाम आउने क्रम जारी छ ।
प्राप्त प्रतिकृयाहरू