बुटवल असार १९ । बुटवल उपमहानगरपालिकाको १० वटा वडाको मतगणना सकियो । गणना सकिएका सबै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बुटवलमा ६६ हजार ६ सय ६३ मतदातामध्ये ४९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए ।
मेयरमा कांग्रेसका खेलराज पाण्डेयले ११ हजार ७१ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले १२ हजार २८३ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी गोमा आचार्यले १३ हजार ५४१ मत ल्याएकी छन् । त्यस्तै नकपा माओवादी केन्द्रका जयतबहादुर पोखरेलले ७ हजार ८ सय १५ मत पाएका छन् ।
असार १५ गतेबिहानबाट सुरु भएको गणना सकिन अझै कम्तिमा अझै पाँच दिन लाग्ने अनुमान छ ।
बुटवल उपमहानगरमा १९ वटा छन् ।
वडा न १ मा १ जना महिला सदस्यमा कांग्रेसले जितेको छ भने अन्य सबै वडामा एमालेको प्यानल नै विजयी भएको हो ।
प्राप्त प्रतिकृयाहरू