नवलपरासी असार ,२४ | प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला बनाउन आफूले पहल गर्ने आश्वासन दिएका छन् । शनिबार
नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिती निर्माणको माग लिएर बालुवाटार पुगेका नवलपुर क्षेत्रका सासंद र जिल्ला नेताको टोलीलाई प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका हुन् ।
टोलीले नवलपुर क्षेत्रको वारेमा सबै जानकारी गराएपछि प्रधानमन्त्री देउवाले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नका लागि आफुले पहल गर्ने आश्वासन दिएको सांसद जीवन श्रेष्ठले जानकारी दिए । नवलपुर क्षेत्र भुगोलमा पनि ठूलो र जनसंख्या पनि धेरै रहेको र तनहु“मा मिलाएमा यहाका जनतालाई असहजता हुने लगातका कुराहरु आफुहरुले राखेपछि प्रधानमन्त्रीले आफुलाई यस वारेमा थाहा नभएको बताउदै अब छुट्टै जिल्ला बनाउनका लागि पहल गर्ने बताएको श्रेष्ठले बताए ।
प्राप्त प्रतिकृयाहरू