काठमाडौं साउन, ४– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विदेशमा काम गरिरहेका नेपाली महिलामाथि बलात्कार जस्ता घटना दैनिक भइरहँदा पनि सरकारले दोषीमाथि कार्वाही गर्न नसकेको आरोप लगाएका छन् ।
बुधबार व्यवस्थापिका संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै नेता नेपालले विदेशमा रहेका नेपाली महिला कामदारहरुको पीडा सम्बोधन गर्न संसदीय समितिहरुले पनि गम्भिरता नदेखाएको उल्लेख गरे ।
उनले माफियाहरुको फन्दामा परेर विदेशमा नेपाली कामदार महिलामाथि हुने हिंसा अन्त्य गर्न सरकार आफै अग्रसर हुन नसकेको बताए । नेता नेपालले नेपाली कामदारहरुलाई पीडा दिने काममा नेपाली रोजगारदाता कम्पनीहरुनै जिम्मेवार रहेको बताए ।
नेता नेपालले विदेशमा गएका महिला कामदारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिए ।
प्राप्त प्रतिकृयाहरू