गुल्मी साउन, ६– गाउँ कार्यपालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ दलितलाई कुटपिट गरेको अभियोग लागेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर रिहा भएका छन् ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका नव निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेको बताइएको छ ।
त्यस विरुद्ध पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले हिजो दुवै पक्षलाई बोलाएर राखेको र पीडकले माफी समेत मागेको बताइएको छ ।
चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले उपचारवापतको सो रकम पीडकले तिरेको तर मिलापत्र अझै नभएको बताए ।
वडाध्यक्ष पुन नेकपा एमालेबाट विजयी भएका हुन् ।
प्राप्त प्रतिकृयाहरू